सप्तरीको महदेवा गाउँपालिकामा सिके राउतले मतदाता रोके

सप्तरीको महदेवा गाउँपालिकामा सिके राउतले मतदाता रोके


सप्तरीको महदेवा गाउँपालिकामा सिके राउतले चुनावमा सहभागी हुन मतदातालाई रोकेका छन् ।

महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन् ।

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहेका छन् र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।

त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा रहेका छन् । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।