आयुर्वेद विकासमा सहयोग गर्न भारत सकारात्मक

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

नेपालको आयुर्वेद विकासमा छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका आयुर्वेद चिकित्सकसँग बुधबार नयाँदिल्लीमा भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नायकले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताए ।

भारतमा गत १८ गतेदेखि शुरू भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा सहभागिता जनाउन नेपालबाट गएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा. सुमन खनालको टोलीले मन्त्री नायकसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गरेका थिए ।

अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो । भारतीय मन्त्री नायकले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्ताव आए तुरून्त कार्यान्वयन गर्ने बचन दिएका थिए ।

भारतको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले अहिलेसम्म नेपाल सरकारको तर्फबाट औपचारिक रूपमा विकासका लागि कुनै प्रस्ताव नआएको बताए । उनले यस्तो कुनै पनि प्रस्ताव आएमा आयुर्वेदको हरेक विधामा विकास अनुसन्धानमा सहयोग गर्न भारत तयार रहेको स्पष्ट पारेका बुझिएको छ ।



तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया


Loading...



3 Shares
Share3
Tweet
+1
Share