नगद र नमूना मतपत्रसिहत उम्मेदवारका भाइ पक्राउ

नगद र नमूना मतपत्रसिहत उम्मेदवारका भाइ पक्राउ


पर्सा क्षेत्र नं.३ को पोखरिया नगरपालिकामा ३ लाख रकमसहित बाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । मौन अवधि शुरु भएसँगै निर्वाचनलाई लक्षित गरेर भएको चेकजाँचको क्रममा सशस्त्र प्रहरीले पर्साको क्षेत्र नं ३ पर्ने पोखरीया नगरपालिका–९ सेमरबारी चोक स्थित पेट्रोल पम्पनजिकैबाट बाम–गठबन्धनकोे स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्रसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नं ७ फुलकवलका अशोककुमार रौनियार, बासुप्रसाद यादव, वृजेश पटेल रहेका छन् । उनीहरु आज बिहान ना १ ह ९३३२ नम्बरको अटोमा पोखरिया आइरहेका उनीहरुको साथबाट ३ लाख नगद र एमालेको नमुना मतपत्रसहित पक्राउ गरिएको क्षेत्र नं.३ का सुरक्षा इन्चाज प्रहरी नायव उपरिक्षक डीडी पन्तले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये अशोक कुमार रौनियार पर्सा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनियारका भाइ हुन् । सशस्त्र प्रहरी नायब उपरिक्षक पन्तले उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताउनुभयो ।
– प्रणय साह