हनिहन्टिङ अर्थात महशिकार


छविलाल बगाले
जलस्रोत, पर्यटन, जडिबुटि लगायतका स्रोत साधनमा लमजुङ निकै धनी छ । क्यानोनिङ, कायकिङ, र्‍याफ्टिङ , रक क्लाइम्बिङ र हनिहन्टिङमा पनि धनी छ लमजुङ । यहाँ हरेक बर्ष क्यानोनिङदेखि हनिहन्टिङसम्मका कार्यक्रमको आयोजना गरिन्छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा लमजुङको हनिहन्टिङ अर्थात महशिकार पर्ने गरेको छ । अनकन्टार र कहाली लाग्दो भिर पहरामा गरिने हनिहन्टिङले शाहसी पर्यटकहरुलाई मन्त्रमुग्ध पारिदिन्छ ।

स्वादिलो, गुलियो अनि शक्तिवद्र्धक । शक्तिवद्र्धकको रुपमा चिनिन्छ मह । महमा पनि घरमह होइन्, भीरमहको ठूलो महत्व छ । ‘घरमहले एक बर्षपछि शक्ति दिन्छ भने भीरमहले तत्काल शक्ति दिन्छ’ लमजुङका सहासिक महशिकारीहरु भन्छन्, ‘घरमह निकाल्न जति सजिलो हुन्छ, भीरमह निकाल्न त्यतिकै गाह्रो छ ।’ हनिहन्टर बीरलालको वाक्यमा भीरमहको शिकार अर्थात हनी हन्टिङ गर्दा ज्यानलाई बाजी राख्नुपर्छ ।

भीरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैवाट ठेस नपुग्ने ठाउँमा बनाईएका घारमा शिकार गर्नका लागि चोयाको डोरीलाई साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखि भर्‍याङ जस्तो बनाएर डोरीलाई भीरको शिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर भीरमा मह काढ्ने गरिन्छ ।

पत्याउन गाह्रो भएपनि सत्य यही हो, भीर मह काढ्दा थोरै गल्ती भएमा ज्यान पनि जान सक्छ । भीर महमा पोख्त गुरुङ लमजुङमा मात्रै नभएर वरपरका जिल्लाहरुमा पनि प्रख्यात मह शिकारीको रुपमा चिनिन्छन् । उनी ‘द ब्रेभ वीरलाल हनिहण्टर’ का नायक समेत हुन् ।

विश्वमा नै विरलै हुने महशिकार लमजुङमा भने हुँदै आएको छ । कहाली लाग्दोभीर तथा पहराहरुमा ज्यानको बाजी राखेर स्थानीयवासिन्दाले भीरमहको शिकार गर्दै आएका छन् । मीठो र राम्रो वस्तु सजिलो ठाउँमा हुँदैन भन्ने वाक्याशं ग्रामीण भेगमा जहिले पनि ताजा रहन्छ । त्यही मीठो वस्तुले नै मानवीय स्वभावलाई मोहनी नै लगाएको छ । मोहनी नै लगाउने भीरमह विशेषगरि यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीहरुका लागि अचुक औषधि हो ।

भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन पनि बढेको छ । भीर माहुरीको सिजन र मह विना नै भीरहरुमा जबर्जस्ती भीरमह काढ्ने गरिएपछि भीरमाहुरी अहिले संकटमा परेको छ । कोलाहल र मानव वस्ती नरुचाउने भिर माहुरीहरु अहिले मानविय क्रियाकलापसँगै लोप हुन थालेका छन् ।

विशेषगरि असोज, कार्तिक महिनामा काढिने मह हिजोआज ‘अफ सिजन’ का बेला काढ्ने गरिएको छ । विभिन्न उत्सव तथा महोत्सवको नाउँमा रहरले भीरमहहरु काढिँदा माहुरी मासिने खतरा त्यतिकै बढेको छ । लमजुङका ग्रामीण भेगमा केही बर्षयता भीरमह काढ्ने परम्परालाई महोत्सवसँग जोडेर भीर नजिकै फोहर गर्ने र अनावश्यक रुपमा होहल्ला गर्ने गरेकाले पनि भीरमाहुरीहरु दिनदिनै मासिँदैछन् ।

जिल्लाकोे भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, दूधपोखरी, बन्सार लगायतका गाउँका अनकन्टार भीर पहराहरु भीरमह पाईने मुख्य ठाउँहरुमा गनिन्छन् । भीर मह जस्तोसुकै भीरमा भने हुँदैनन । भीरमाहुरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँ कतैवाट ठेस नपुग्ने ठाउँमा बनाईएका घारमा शिकार गर्नका लागि चोयाको डोरीलाई साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखि भर्‍याङ जस्तो बनाएर डोरीलाई भीरको शिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर भीरमा मह काढ्ने गरिन्छ ।

लमजुङको ताघ्रिङ, घनपोखरा, बन्सार लगायतका गाविसमा केही बर्षयता भीरमाहुरीको शिकार गर्ने भन्दै महोत्सवको आयोजना गर्दै आएको छ । तर, महोत्सवको अवसरमा सावधानी नअपानाएका कारण भीरमौरी संकटमा परेको भीरमौरीका विज्ञहरु बताउँछन् । लमजुङका ग्रामिण क्षेत्रमा विशेषगरि असोजमा शुरु गरेर कार्तिकमा मह काढ्ने गरिन्छ । कार्तिकमा शुरु गरिने मह काढ्ने कार्यले माहुरीहरु नबस्ने स्थानीयको भनाई छ ।

उचित मात्रामा ब्यवस्थापन नहुँदा भीर माहुरीहरु दिनानुदिन लोप हुने अवस्थामा पुगेको माहुरी बिज्ञहरुको भनाई छ । ‘माहुरी लोप हुनका मुख्य कारण बेमौसममा मह काढिनु हो’, ‘माहुरी विज्ञ अंगराज घिमिरे भन्छन्, ‘माहुरी काढ्ने नाउँमा समयलाई ख्याल गरिएको छैन ।’ यस्तै अवस्था रहेमा लमजुङको ग्रामीण भेगमा रहेका भीर माहुरीहरु केही बर्षमा नै लोप हुने उनको भनाई छ । लमजुङ कुनै बेला भीर माहुरीको जिल्ला भनेर पनि चिनिन्थ्यो । उनि भन्छन्, ‘अब यो इतिहासमा मात्रै सिमित रहने भयो ।’

लमजुङमा पछिल्लो समय बेमौसममा मह काढ्ने गरेकाले बर्षोंदेखि मह काढ्दै आएकाहरु चिन्तित बनेका छन् । भुजुङ गाउँका भिरमौरीको क्षेत्रमा अनुभव बटुलेकाहरुले पछिल्लो समय लमजुङमा भीरमाहुरी संकटमा परेको वताए । कास्की, गोरखा साथै लमजुङका विभिन्न ठाउँहरुमा भीरमह काढिसकेका उनिहरु बेमौसममा मह काढ्ने गरिएका र मह काढ्ने बेला राम्रोसंग पूजा नगरिएकाले माहुरीहरु नास हुँदै गएको वताउँछन् ।

स्वादिलो, गुलियो अनि शक्तिवद्र्धक । शक्तिवद्र्धकको रुपमा चिनिन्छ मह । महमा पनि घरमह होइन्, भीरमहको ठूलो महत्व छ । ‘घरमहले एक बर्षपछि शक्ति दिन्छ भने भीरमहले तत्काल शक्ति दिन्छ’ लमजुङका सहासिक महशिकारीहरु भन्छन्, ‘घरमह निकाल्न जति सजिलो हुन्छ, भीरमह निकाल्न त्यतिकै गाह्रो छ ।’ हनिहन्टर बीरलालको वाक्यमा भीरमहको शिकार अर्थात हनी हन्टिङ गर्दा ज्यानलाई बाजी राख्नुपर्छ ।

अंग्रेजी शब्दको हनी हन्टिङलाई नेपालीमा रुपान्तरण गरि पछिल्लो समय ‘मह शिकार’ भन्ने गरिएको छ । स्थानीयवासिन्दाले यसप्रति असन्तुष्टी जनाएका छन् । ‘हामीले पहिल्यैदेखि मह काढ्ने भन्दै आएका छौँ’ भुजुङमा विगत २२ बर्षदेखि मह काढ्दै आएका पूर्णबहादुर गुरुङले भने, ‘यसलाई महशिकार भन्न मिल्दैन ।’ शिकार भन्नाले ‘मासु खाने जीवजन्तुलाई मार्नु’ भन्ने अर्थ लाग्ने उनको भनाई छ । ताघ्रिङमा १८ बर्षदेखि भीरहरुमा मह काढ्दै आएका आशबहादुर गुरुङले आफूहरुले गुरुङ भाषामा ‘क्वे थोब’ भन्ने गरिएपनि यसलाई मान्यता नदिएर ‘शिकार’ को शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

लमजुङका २० गाविसमा भीर माहुरीको बासास्थान रहेको स्थानियहरुले बताएका छन् । एउटै गाउँ र एउटै गाविसले परिचित भुजुङका जंगलहरुमा मात्रै एकदर्जन भन्दा बढी भीरहरुमा भीर मह पाईन्छ । लमजुङका प्रायः गुरुङ बस्ती रहेको ठाउँहरुमा भीरमौरी रहेका छन् । तर, भीरमौरी र भीरमहको बारेमा जिल्ला कृषि विकास कार्यालय, नेपाल मौरीपालक महासंघ सहितका सम्बन्धित निकायसँग कुनै तथ्याङ्क छैन । अहिलेसम्म अनुमानका भरमा भन्ने गरिएपनि यसको जानकारी पनि लिने गरिएको छैन ।

यसकारण लोप हुँदै छ, भीरमौरी
भीरमह काढ्नका लागि गरिने असावधानी, समय प्रतिकूल मह काढ्ने, नजिकै गएर कराउने र अनावश्यक फोहर गर्ने गरेकाले लमजुङका भिर पहराबाट हिजोआज भीरमौरी लोप हुँदै जान थालेका छन् । ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीरमह विस्तारै लोप हुँदै गएका हुन् । सरकारी निकायसँग यसलाई संरक्षण गर्ने कुनै योजना नहुनु र यसबारेको अनभिज्ञताले भीरमौरीको संरक्षण हुन नसकेको हो । ५ बर्षअगाडि अन्नपूर्ण चक्रीय पदमार्गको स्थानहरुमा देखिने भीरमौरीहरु ढुंगाले हान्ने र धपाउने गरेकाले अहिले एकाध ठाउँमा मात्रै भीरमौरी देख्न पाईन्छ ।

भीरमौरीबाट लाखौँ रुपैँया आम्दानी गर्न सकिएपनि यस सम्बन्धी सरकारले योजना र कार्यान्वयनका लागि नीति नियम बनाउन नसक्दा भीरमह भीरमा नै थन्कनु त छँदैछ, यसबाट फाईदा समेत लिन सकिएको छैन । पछिल्लो समय बृत्तचित्र, चलचित्र बनाउने र संचार माध्ययममा प्रचारप्रसार गर्ने भन्दै असवधानीका कारण भिडियो लिने र तस्विर खिच्ने गरिएकाले पनि भीरमौरी लोप हुँदै गएको छ । त्यसो त मह काढ्ने बेलामा अत्याधुनिक औजारहरु प्रयोग गरिएकाले पनि भीरमौरी लोप हुँदै गएको हो ।

गुरुङ वस्तीसंग भीर मौरी
गुरुङ जातिको उत्पतिसंगै भीरमौरीको उत्पति भएको गुरुङ पुरोहितहरु बताउँछन् । लमजुङ, कास्की र गोरखाका गुरुङ बस्ती आसपासमा भीरमौरी रहेका छन् । गुरुङ जातिको पौराणिक कथामा गुरुङ र भीरमौरीको साईनो र सम्बन्धका बारेमा ब्याख्या गरिएको पाईन्छ । पौराणिक कथाहरु अहिलेसम्म गाउँघरका बुढापाकाहरुले गाईरहेका छन् । लमजुङको भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दुधपोखरी, बन्सार लगायतका भीर पहराहरुमा भीरमौरीहरु प्रशस्तै मात्रामा पाईन्छ । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहराहरुमा भीरमौरीले घार बनाउने गर्दछ ।

गुरुङ समुदाय, परम्परा र इतिहाससँग साईनो जोडिएका भीर माहुरीहरु जहाँ गुरुङहरुको बसोवास छ त्यही ठाउँका भीरहरुमा वस्दै आएका छन् । यद्यपी भीर माहुरी भएको सबै ठाउँका भीरहरु अहिलेसम्म गुरुङ भाषामा नै रहेका छन् । गुरुङसँगको साईनो गाढा भएपनि पछिल्लो समय स्थानीयवासिन्दालाई ‘बाईपास’ गरेर आफ्नै ढंगले महशिकार भन्दै भीरमह काढ्ने गरेको पाईएको छ ।

भीर मह काढ्दा स्थानीयवासिन्दाले सिमेभूमि (वनदेवी) को पूजा गर्छन् । वनदेवीलाई खुसी पारेर कुनैपनि कार्य गर्दा सफल भईन्छ भन्ने विश्वास गाउँघरमा छ । पूजा नगरे कै कारण परापूर्वकालमा असमायिक घटना घटेको भुजुङका मह शिकारी पूर्णबहादुर गुरुङ वताउँछन् । पूजा गरेमा सुरक्षित हुने र माहुरीले पनि केही नगर्ने विश्वास गरिन्छ ।

विज्ञ र बिमाको ब्यवस्था छैन्
कृषि र वन विज्ञान पढेर आएकाहरुले पनि भीर मौरीबारे खासै नबुझेको स्थानियबासीको भनाइ छ । मौरी भनेपछि घरमा पालिएका मात्रै भनेर पढ्दै आएका कर्मचारीहरुले तालिम दिन्छन्, घरमौरी पाल्न र निकाल्न । भीरमौरी र घरमौरीको मह काढ्ने विधि छुट्टै छ । भीरमौरी काढ्नका लागि वर्षौँदेखि भीरहरुमा झुण्डिँदै आएकाहरुसँग तालिम लिनुपर्ने अवस्था छ ।

उनीहरु ब्यबहारिकका ज्ञाता छन्, तर त्यसलाई सैद्धान्तिक रुपमा उतार्न जरुर देखिन्छ । भीरमह काढ्नका लागि ज्यानको बाजी राख्नुपर्छ । छङ्गाछुर भीरहरुमा डोरीको सहायतामा झुण्डिनु ख्यालख्यालको कुरा होइन् । भीरमह काढ्नका लागि प्रयोग गरिने डोरी निगालोको चोयाबाट बनेको हुन्छ । त्यसमा भर्‍याङ जस्तै गरि काठ राखिएको हुन्छ ।

तर, खसेर ज्यान गएपनि उनीहरुको कुनैपनि निकायबाट बिमा भएको छैन । न उनीहरुले विमाको अर्थ नै जानेका छन्, न सम्बन्धित निकायले यस बारेमा चासो दिएर विमा गर्न गराउने उत्प्रेरित नै गराएका छन् ।

 

 

प्रतिक्रिया