कश्मिरमा दोहोरो गोली हानाहान

कश्मिरमा दोहोरो गोली हानाहान


भारतप्रशासित कश्मिरमा विहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ । लस्कर ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो ।

तर बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ । सधैँजसो अशान्त नै भइरहने भारतनियन्त्रित कश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या खटाइएको थियो ।

गत हप्ता मात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् ।

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो ।

भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउँदै आएको छ । उक्त आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ ।

सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार आएको छैन । विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेलगत्तै फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएका छन् । फिलिपिन्सको सेनाले जनाएअनुसार मारिएका मध्ये ६ जना महिला रहेका छन् ।

राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए ।

मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् ।

फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ । पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ ।

द्वन्द्व अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरुमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ ।