प्रवासमा बढ्दै नेपाली चलचित्रको बजार

प्रवासमा बढ्दै नेपाली चलचित्रको बजार


यतिबेला नेपाली चलचित्रको लागि अष्ट्रेलियालाई राम्रो बजार मान्न थालिएको छ । यसै क्रममा चलचित्र ‘ए मेरो हजूर-२’ले पनि अष्ट्रेलियामा रहेका नेपालीहरूमाझ जिज्ञासा बढाएको छ । यही चलचित्रको विशेष शोमा सहभागी हुन गत बुधबार राती नेपालबाट उडेका उक्त चलचित्रका निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला अष्ट्रेलिया पुगिसकेका छन् ।

यो चलचित्रको अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुने प्रदर्शनको ब्यवस्थापन ‘हो र होइन होला इभेन्टस’ र ‘तास इभेन्टस’ले मिलाएको हो । भिसा पार्टनरको रूपमा एस पिपुल स्टडी रहेको छ भने आयोजकमा एस एण्ड एस, क्यास लिंक र आरकेएस अष्ट्रेलिया रहेका छन् । यसैगरी ट्राभल पार्टनरको रूपमा बुद्द ट्राभल्स रहेको छ ।

चलचित्र’ए मेरो हजूर-२’को सिड्नीमा नोभेम्बर २५, तान्जानियाको होबर्डमा नोभेम्बर २६, बिर्जबेनमा नोभेम्बर ३० र मेलबर्नमा डिसेम्बर ३ तारेखका दिन शो हुने बताइएको छ ।

नेपालमा नाम र दाम दुबै कमाउन सफल यो चलचित्रले उठाएको बिषय र चलचित्रको प्रस्तुतिलाई मन पराइएको थियो । विशेष गरेर यो चलचित्रको गित संगीतले पनि तारिफ पाएको थियो ।

– राजन घिमिरे