लुम्बिनीको विकासमा उम्मेदवारको प्रतिबद्धता

लुम्बिनीको विकासमा उम्मेदवारको प्रतिबद्धता


स्वास्थ्यमन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमूना जिल्ला बनाउने बताएका छन् ।

बुटवल उपमहानगरपालिका–१४, १५ र १६ मा लोकतान्त्रिक गठबन्धनको आइतबार प्रचारप्रसार कार्यालयको उद्घघाटन कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही जिल्लाको क्षेत्र नं ३ का प्रतिनिधिसभाका साझा उम्मेदवार बनेका मन्त्री बोहोराले लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि रुपन्देहीको आर्थिक र सामाजिक विकासले गति लिने बताए ।

रुपन्देही जिल्ला क्षेत्र नं ३ (२) का प्रादेशिक उम्मेदवार हरिध्वज मल्लले आफू स्थानीयवासीसमेत भएको र स्वास्थ्य, शिक्षा तथा कृषिमा धेरै योजना ल्याएको कारणले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

नेपाली काँग्रेसबाट रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरतकुमार शाहले मायादेवी गाउँपालिकाको धमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनीको विकास भए स्वतः यस क्षेत्रकोे विकास हुने भन्दै अब निर्वाचित भएपछिको आफ्नो ध्यान लुम्बिनीको विकासमा जाने बताए ।

त्यस्तै, राससका अनुसार कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ५ (२) का उम्मेदवार फखरुद्दिन खानले आफूसँग लुम्बिनीको विकास गर्ने भिजन भएकाले उम्मेदवारी दिएको बताए ।