आफ्ना पुत्रलाई प्रचण्डले पार्टीको झण्डा ओढाए

आफ्ना पुत्रलाई प्रचण्डले पार्टीको झण्डा ओढाए


माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्ना पुत्र प्रकाश दाहाललाई पार्टीको झण्डा ओढाइदिएका छन् ।

पार्टी अध्यक्ष तथा बाबु प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । छोराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि प्रचण्डले अबिर र माला पनि अर्पण गरेका थिए ।

प्रकाशको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ ।

आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अमिक शेरचन, वर्षमान पुन, जनार्दन शर्मा, नेकपा मालेका महासचिव सीपी मैनाली, अग्नि सापकोटा लगायत पुगेका थिए ।