प्रकाशलाई नर्भिक अस्पतालले मृत घोषणा गर्यो

प्रकाशलाई नर्भिक अस्पतालले मृत घोषणा गर्यो


माओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई नर्भिक अस्पतालले पत्रकार सम्मेलन गरेर मृत घोषणा गरेको छ । अस्पतालले केहीबेर अघि पत्रकार सम्मेलन गरेर मृत घोषणा गरेको हो ।

नर्भिक अस्पतालका डाक्टर जयप्रकाश जैसवालले  दाहालको अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै निधन भएको बताए ।

उनले दाहाललाई अस्पताल ल्याइँदा उनको शरीर कडा भएको, आँखाको नानी सानो भएको, इसिजि गर्दा मुटुमा कुनैपनि गतिविधि नभएको बताए ।

सोही कारणले आफूहरुले दाहाललाई विहान ६  बजे नै मृत घोषणा गरेको बताए । प्रचण्ड झापाबाट नर्भिक अस्पताल अाएपछि मात्र अस्पतालले प्रकाशको अवस्था जानकारी दिएको थियो ।