पर्यटक गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु

पर्यटक गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु


पर्यटक गाडीको ठक्करबाट काठमाडौँको डिल्लीबजार ओरालोमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा १ प १३०७ नंको पर्यटक गाडीले बा ८६ प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी रहेको बताइएको छ । ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।