प्रोफेसनल मुवाँथाइमा च्याम्पियनसिपमा रुपक

प्रोफेसनल मुवाँथाइमा च्याम्पियनसिपमा रुपक


ओपन प्रोफेसनल मुवाँथाई च्याम्पियनसिपमा नेपालका रुपक नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व मुवाँथाई फेडेरेसन चाइनाको आयोजनामा आगामी १७ र १८ नोभेम्भरमा हुने प्रो. मुवाँथाई च्याम्पियनसिपमा रुपकले ७१ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि भएको राष्ट्रिय च्याम्पियनसिपमा रुपक च्याम्पियन भएका थिए । प्रशिक्षक कक्षपतिले नेपालले पहिलोपटक प्रोफेसनल मुवाँथाईमा सहभागिता जनाउन लागेको बताए ।

उक्त टोलीलाई के ब्याग स्पोर्टस् प्रालीका अध्यक्ष कमल बस्न्यातले एक कार्यक्रमका बीच बिदाई गरे । टिम प्रशिक्षक नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले सहभागिता जनाउनेछन् ।