ए-वान नेटबल सिया कार्यक्रम सम्पन्न

ए-वान नेटबल सिया कार्यक्रम सम्पन्न


  • प्रविण श्रेष्ठ

नेपाल नेटबल एसोशिएसनद्धारा संचालित अष्ट्रेलियन एडको सहयोगमा ए-वान नेटबल सिया कार्यक्रम अन्तर्गत पहिलो क्लब स्तरिय प्रतियोगिता काठमाडौंको भानुभक्त मेमोरियल हाई स्कुलमा सम्पन्न भएको छ ।

महामहीन नेपालका लागिअष्ट्रेलिलियाका राजदूत पेट बडको प्रमुख आत्तिथ्यमा सम्पन्न प्रतियोगितामा स्वप्न बाटीका क्लब पहिलो स्थान रहन सफल भएको थियो ।

नेपाल नेटबल ऐसोशिएशनका महासचिव दिपक लामाका अनुसार प्रतियोगितामा पहिलो हुने क्लवलाई पुरस्कार स्वरुप १५ हजार नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

साथै दोस्रो स्थानमा जनसेवा क्लबलाई ७ हजार ५ सय नगद सहित ट्रफी प्रदान गरिएको थियो । सर्वोकृष्ट खेलाडीमा स्वप्न बाटीका क्लबका बिनिता खत्रीलाई २ हजार ५ सय नगद र ट्रफी प्रदान गरिएको थियो ।

सर्वकृष्ट रक्षकमा कुमुदिनी क्लबका सुजिता गोपालीलाई २ हजार ५ सय नगद र ट्रफी प्रदान गरी पुुरस्कृत गरिएको थियो । उक्त प्रतियोगितामा ६ वटा क्लबहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा महामहिम राजदूतले महिलाहरुको सशक्तिकरणमा नेटबलले उल्लेखनिय भूमिका निर्वाह गरेको बताए ।

यसैगरी नेटबललाई निरन्तर सहयोग रहने समेत बताए ।