वल्ड बक्सिङ च्याम्पियनसिपमा महिला खेलाडी

वल्ड बक्सिङ च्याम्पियनसिपमा महिला खेलाडी


भारतको गुहावटीमा नबेम्वर १९ देखि २६ सम्म संचालन हुने युथ वमन वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला खेलाडीले सहभागिता जनाउने भएका छन । उक्त नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले बिदाई गरेका थिए ।

आईबा दर्ता भएका ३९ देशका १ सय ९३ उत्कृष्ट खेलाडीहरुले विश्व महिला युथ बक्सिङ्ग प्रतियोगितामा सहभागिता जनाउने छन् । सो खेलमा छनोंट हुने उत्कृष्ट खेलाडीहरु २०२० मा जापानमा हुने ओलम्पिक र चार वटा तौल समुहका खेलाडीहरुले सन २०१८ मा व्युनोस आइरेसमा हुने युथ ओलम्पिक गेमको लागि छनोट हुनेछन् ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपालको ७ सदस्य टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व पुस्करराज पन्तले गरेका छन् । त्यस्तै खेलाडीमा ४८ केजी तौलसमूहमा अस्मिता दुवाल, ५१ केजी तौलसमूहमा सन्जुमाया थिङ, ५४ केजी तौल समूहमा कुसुम थापामगर र ५७ केजी तौलसमूहमा शिसम थापामगर रहेका छन् ।

टिमको प्रशिक्षकमा किशोरकुमार लिम्बु र स्वयम् सेवक प्रशिक्षकमा नबिन तण्डुकार रहेका छन् । बिदाई कार्यक्रममा परिषद्का सदस्य केसी, नेपाल बक्सिङका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण बिभागका निर्देशक नबिन उप्रती, नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठलगायतले खेलाडीलाई शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा एसियन बुमन युथ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकि ललिता महर्जनलाई २० हजार नगद सहित सम्मान गरिएको थियो । उक्त रकम बक्सिङ संघका सदस्य ओमनारयण श्रेष्ठ र हाल अमेरिका निवासी सुर्दशन बुढाथोकीले उपालब्ध गराएका थिए ।