इराकमा शक्तिशाली भूकम्प

इराकमा शक्तिशाली भूकम्प


इरान र इराकको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार सोमबार सबेरै ७.२ म्याग्नाच्युटको भूकम्प गएको छ, जसका कारण कैयन मानिस हताहतीमा परेका छन्, वास्तविक क्षतिको आँकडा आइसकेको छैन ।

इरानको सरकारी मिडियालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार कम्तीमा एक सय पच्चीस मानिसले भूकम्पका कारण ज्यान गुमाएका प्रारम्भिक तथ्याङ्क आएको छ भने कैयन घाइते भएका छन् ।

उक्त शक्तिशाली भूकम्पको केन्द्र इराकको हलब्जा भन्ने स्थानदेखि दक्षिण–पश्चिमतर्फ ३२ किमि टाढा रहेको बताइएको छ भने भूकम्पको झट्का त्यहाँका कैयन प्रान्तमा महसुस गरिउको थियो ।

भूकम्पपछि बिजुली आपूर्तिमा व्यवधान आएको र उद्धार कार्यमा कठिनाई परेको बताइएको छ ।