तरकारीको मूल्यले सिंहदरबारमा हलचल !

तरकारीको मूल्यले सिंहदरबारमा हलचल !


पछिल्लो समय तरकारीको मूल्य अस्वोभाविक रुपमा बढेपछि सिंहदरबारमा समेत हलचल शुरु भएको छ ।

दुई सातायता अस्वाभाविक रुपमा तरकारीको मूल्य वृद्धि भएपनि नियन्त्रणमा आउने हालसम्म कुनै छाटकाट नदेखिएको भन्दै सिंहदरबारभित्र हलचल शुरु भएको हो ।

समाचार स्रोतका अनुसार, तरकारीको मूल्य नियन्त्रण गर्न सरकार उदाशीन रहेको आलोचना भएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरोकारवालको बैठक डाकेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा राजधानीमा तरकारी मूल्यमा भएको वृद्धि नियन्त्रण गर्ने उपायमा छलफल र सम्बद्ध सरोकारवाला पक्षहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

तरकारीको भाउ अहिले पाँच वर्षयताकै उच्च रहेको छ । अचाक्ली मूल्यवृद्धि भएपछि आमसर्वसाधारण बजार जानै छाडेका छन् ।

मूल्य बृद्धीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बैठक बोलाइएको समाचार स्रोत बताउछ ।