तस्बिरका कारण अदिती चर्चामा

तस्बिरका कारण अदिती चर्चामा


मोडल अदिति बुढाथोकी नेपाली सिनेमा ‘कृ’बाट नायिकाको रुपमा नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । सिनेमामा अनुबन्ध भएसँगै यी सुन्दरीको नेपाली सिनेक्षेत्रमा राम्रै चर्चा भयो । उनले अभिनय गरेको पहिलो चलचित्र कृ रिलिज भएको छैन तर उनको चर्चाले बजार गर्माइसकेको छ ।

यतिबेला बलिउडमा संघर्षरत अदिती र नेपाली चलचित्र उद्योगमा अलग स्थान बनाएका अनमोल केसी एकसाथ चलचित्र कृ मा देखिंदै छन् । चलचित्र रिलिज नहुँदैअदितीलाई विशेष चर्चामा ल्याउने कारकतत्व चाहिँ उनको आकर्षक शरीर सुन्दर ढंगले प्रस्तुत गरिएका तस्बिरहरु हुन्। प्रतिभाशाली यी सुन्दरीको फिल्मी भविष्य उज्जवल देखिन्छ । अदितीलाई शुभकामना ।

– राजन घिमिरे