ओबामाझैँ आलोचना हुनेगरि जापानी सम्राटसामु झुकेनन् ट्रम्प

ओबामाझैँ आलोचना हुनेगरि जापानी सम्राटसामु झुकेनन् ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सम्राट अकिहितो र साम्राज्ञी मिचिकोलाई सोमबार भेटेका छन् । सम्राटसँग हात मिलाएपनि ट्रम्प उनीसामु झुकेनन् । ट्रम्पले भने राजदरबारको ढोकामा मुस्कानका साथ ८३ वर्षीय सम्राटको हात समाते र मुन्टो हल्लाए । भित्र पसेर दुवै दम्पत्तीले दोभाषेको माध्यमबाट कुराकानी गरे ।

सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा सम्राट अकिहितोसमक्ष बढी झुकेको भन्दै चर्को आलोचना भएको थियो । छुट्दै गर्दा ट्रम्पले अकिहितोलाई भेटका लागि धन्यवाद दिँदै भने, ‘हाम्रो फेरि भेट हुनेमा म ढुक्क छु।’

कार्यकारी अधिकार नभएका अकिहितोले लगभग आफ्नो पूरै कार्यकाल आफ्ना बाबु सम्राट हिरोहितोले एसियामा मच्चाएको हिंसाको घाउ पुर्नमा खर्चिएका छन् । अर्को वर्षको अन्त्य वा २०१९ को सुरुमा राजकुमार नारुहितोले गद्दी सम्हाल्ने अपेक्षा गरिएको छ। एजेन्सी