रिया आइए‘लक्कीमई ड्र’को नतिजा सार्वजनिक

रिया आइए‘लक्कीमई ड्र’को नतिजा सार्वजनिक


मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार सेवाग्राहीहरू श्रीराम थापा, महेन्द्र शाह, संजित कुमार राय र राम एक्बल महतो भाग्यशाली विजेता घोषित भएका हुन् ।

कमपनीले जनाएअनुसार ती सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’ नामक सेवाग्राहीमुखी कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको थियो ।

भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्ने र उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।