२८ बर्ष पुरानो नेपालको जलविद्युत र ‘एन्ड्रिज’ बीचको सम्बन्ध

२८ बर्ष पुरानो नेपालको जलविद्युत र ‘एन्ड्रिज’ बीचको सम्बन्ध


एन्ड्रिज हाइड्रो र यसका उत्पादनप्रति नेपाली जलविद्युत बजारमा चर्चित नाम हो । यूरोपियन प्रविधीमा आधारित उच्च गुणस्तरयुक्त टर्बाइन, जेनेरेटर, सर्भिस गेट तथा अन्य उपकरणहरुको निर्माण गरेर विश्वमै प्रख्यात एन्ड्रिज हाइड्रो कम्पनीले नेपाल सुहाउँदो टर्बाइन लगायतका उपकरणहरु वितरण गर्र्दै आइरहेको छ । करिब तीन दशकसम्म नेपालमा निर्माण भएका ठूला तथा साना जलविद्युत आयोजनामा एन्ड्रिज कै उपकरणहरु प्रयोग गरिएको छ । प्रस्तुत छ, एन्ड्रिज हाइड्रो इन्डियाका निर्देशक तथा सिइयो जोसेफ एम उल्मरसँग घटना र बिचार डटकमले  गरेको कुराकानी ।

नेपालका जलविद्युत क्षेत्रमा एन्ड्रिज हाइड्रो कम्पनीको सम्बन्ध कस्तो छ ?
नेपाल जलविद्युतको अत्याधिक संभावना भएको मुलुक हो । हाम्रो कम्पनी र नेपालको जलविद्युत क्षेत्र बिचको सम्बन्ध नयाँ होइन् । हामीेले नेपालमा काम गरेको २८ बर्ष भयो । त्यसैले एन्ड्रिज नेपालको जलविद्युत क्षेत्रमा सहयात्री भएर काम गर्न चाहन्छ ।

नेपालमा शाखा कार्यालय पनि स्थापना गरिसक्नुभएको रहेछ । नयाँ योजना के–के छन् ?
हामी अन्तराष्ट्रिय क्षेत्रमै जलविद्युत आयोजनाहरुमा प्रयोग हुने विद्युतीय उपकरणहरुको नयाँ प्रविधी भित्र्याउने कम्पनी हौं । यसैले नेपालको जलविद्युत क्षमतालाई ध्यानमा राखेर यहाँ पनि शाखा कार्यालय स्थापना गरेका छौं । शाखामार्फत हरेक जलविद्युत आयोजनाहरुलाई आवश्यक पर्ने प्रविधीयुक्त उपकरण तथा अन्य सेवाहरु वितरण गर्नेछौं ।
नेपालमा साना तथा ठूला आयोजनाहरु पहाडी भेगमा निर्माण हुँदा त्यही अनुरुपको टर्बाइनको निर्माण गरेका छौं । कम्पनीले आफ्नै प्रयोगशालामा परीक्षण गरी उच्च गुणस्तर भएका तथा ग्रस हेड (उचाई बढि) भएका आयोजनाहरुलाई मिल्ने खालका टर्बाइनहरु निर्माण गरिरहेको छ । हाम्रो एउटै मात्रै उदेश्य भनेको गुणस्तर बद्धि हो ।

विश्व बजारमा प्रतिस्पर्धा भएन् भने गुणस्तरिय सामान पत्ता लगाउन निकै गाह्रो हुन्छ । एन्ड्रिजले नयाँ टेक्नोलोजी, गुणस्तर, अनुभवी इन्जिनियर र मुल्यमा कहिलै पनि सम्झौता गर्दैन् । आज नेपालका सरकारी तथा निजि क्षेत्रले बनाएका २५ भन्दा बढि जलविद्युत आयोजनाहरुमा हाम्रो कम्पनीका टर्बाइन लगायतका उपकरणहरु जडान गरिएको छ । पक्कै पनि हाम्रो उत्पादन गुणस्तर नै छ । हामीसँग एसियामै सबैभन्दा ठूलो प्लान्ट रहेको र टर्बाइनमा १७५ बर्ष र जेनेरेटरमा १२० बर्ष पुरानो अनुभव छ । जसले आज हामीलाई यहाँ आइपुगेका छौं । हामीले अहिलेसम्म ३१ हजार ६ सय टर्बाइन उत्पादन गरीसकेका छौं ।

नेपालमा यस कम्पनीबाट उत्पादन भएका सामाग्रीको बजार कस्तो पाउनुभएको छ ?
अहिलेसम्म हामी सन्तुष्ट नै छौं । नेपालमा हामीले काम गर्न थालेको करिब तीन दशकको यात्रामा कम्पनीले उत्पादन गरेको उच्च गुणस्तरका टर्बाइनहरुले हामीलाई हौसला प्रदान गरेको छ । यसका साथै जलविद्युत क्षेत्रका प्रवद्र्धकहरुले हामीमाथि विश्वास गर्नुभएको छ । नेपालमा एन्ड्रिजका उत्पादनको माग धेरै छ । हामीलाई लाग्छ की नेपालका आयोजनाहरुमा प्रयोग हुने टर्बाइन हामीले उत्पादन गरेका रहेछौं ।

बजार प्रतिस्पर्धात्मक छ । अन्य कम्पनी पनि एन्ड्रिजसँग प्रतिस्पर्धा गरिरहेका छन् नी ?
विश्व बजारमा प्रतिस्पर्धा भएन् भने गुणस्तरिय सामान पत्ता लगाउन निकै गाह्रो हुन्छ । एन्ड्रिजले नयाँ टेक्नोलोजी, गुणस्तर, अनुभवी इन्जिनियर र मुल्यमा कहिलै पनि सम्झौता गर्दैन् । आज नेपालका सरकारी तथा निजि क्षेत्रले बनाएका २५ भन्दा बढि जलविद्युत आयोजनाहरुमा हाम्रो कम्पनीका टर्बाइन लगायतका उपकरणहरु जडान गरिएको छ । पक्कै पनि हाम्रो उत्पादन गुणस्तर नै छ ।

नेपालमा एन्ड्रिजका उत्पादनहरु धेरै आयोजनाहरुमा जडान गरिएको छ । अब त नेपालमा पनि ‘वर्क शप’ खोल्नुपर्ला नी ?
हामीले मर्मत संभारका काम पनि गर्दै आएका छौं । सबै आयोजनामा पुगेर सेवा दिदै आएका छौं । हामी विश्वबजारमा प्रतिस्पर्धा गर्न लागीपरेका छौं त्यसैले हाम्रा उत्पादनको मर्मतसंभार गरिरहेका छौं । हामीसँग एसियामै सबैभन्दा ठूलो प्लान्ट रहेको र टर्बाइनमा १७५ बर्ष र जेनेरेटरमा १२० बर्ष पुरानो अनुभव छ । जसले आज हामीलाई यहाँ आइपुगेका छौं ।
हामीले अहिलेसम्म ३१ हजार ६ सय टर्बाइन उत्पादन गरीसकेका छौं ।

नेपालमा जलविद्युत क्षेत्रको भविष्य कस्तो देख्नुभएको छ ?
हामी आश्चार्यमा छौं, नेपालमा जलविद्युत आयोजनाहरु निर्माण भएको देखेर । ठूलादेखि साना आयोजनाहरु निर्माण भइरहेका छन् । देशमा बाह्य लगानी आकर्षित गर्ने हो भने नेपालको जलविद्युत क्षेत्रको विकास हुनेछ । नेपालको विकास जलविद्युतबाट हुन्छ ।