सिनेमाका रोज राजनीतिमा हौसिँदै

सिनेमाका रोज राजनीतिमा हौसिँदै


निर्माता, नायक तथा निर्देशक रोज राणा प्रदेशसभाको सांसद बन्न अघिसरेका छन् । प्युठानको क्षेत्र नम्बर २ बाट प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिन उनी अघि बढेका हुन् । नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नम्बर २ ले प्रदेश सभाका लागि उनीसहित तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिसमा राणाको नाम पहिलो स्थानमा रहेबाट उनको उम्मेदवारी प्रवल बन्न पुगेको हो । राणा सोही क्षेत्रबाट नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत चुनिएका थिए । नेपाली काङ्ग्रेसको राजनीतिमा निकै अघिदेखि होमिएका रोज चलचित्र क्षेत्रका सफल निर्माता–निर्देशक पनि हुन् । आधा दर्जनभन्दा बढी चलचित्र निर्माण गरिसकेका रोजको निर्माण निर्देशन रहेको पछिल्लो चलचित्र ‘मेरो पैसा खोइ’ गत असोज ११ बाट प्रदर्शनमा आएको छ ।