उखान-टुक्काको नयाँ प्रयोग-पिँडालीप्रसाद

उखान-टुक्काको नयाँ प्रयोग-पिँडालीप्रसाद


नयाँ नेपालका नयाँ नेताहरू नवनिर्माणमा जुट्ने सवालमा, नयाँ विचारको मन्थनभन्दा पनि गन्थनमा तल्लीन छन् । उनीहरू तदारुकताको क्रममा, कहिले जुट्दै, फुट्दै, सक्नेले चाहिँ कुट्दै, लुट्दै र लखट्दै प्रतिस्पर्धाको मैदानमा प्रयासरत छन् । यस्तै प्रतिस्पर्धात्मक प्रयासका क्रममा: अध्यक्ष प्रचण्ड र प्रम नेपालबीच एउटा उखान-टुक्का प्रश्नावली प्रतिस्पर्धा भएछ त्यसको प्रत्यक्ष विवरण यस्तो छ ।
प्र.म. नेपाल : नमच्चिने पिङको सय झड्का हामी दुईमा को तगडा –
प्रचण्ड : काङ्गे्रसको विरुद्ध कसले सघाउला नपत्याउने खोलाले बगाउला –
नेपाल : सबै खोला बगेरै भारत गा’ हो । हामी सबै एउटै ड्याङको मुला भा’ हो ।
प्रचण्ड : तोलाको ज्रि्रोभन्दा धार्नीकै टाउको हल्लाउनु वेश कहिलेकाहीँ त बोल्नुभन्दा पनि टोलाउनु वेश ।
नेपाल : कमरेड, एउटा प्रश्न अर्को पनि गरौँ –
प्रचण्ड : होइन । अर्को प्रश्न अहिले नगरौँ मलाई एकछिन गम्भीर हुन दिनोस्, कमरेड ।
नेपाल : अलि सजिलो प्रश्न गर्छर्ुुछोटो उत्तर दिए पनि हुन्छ, कमरेड ।
प्रचण्ड : ठीक छ ।
नेपाल : मेरो गु्रपको बाह्रै टक्का के हो ?
प्रचण्ड : हुन्छ कमरेड, म उत्तर दिन्छु । यसको सही उत्तर हो, युथ फोर्स ।
नेपाल : थोरै मिलेन कमरेड ।
प्रचण्ड : कसरी –
नेपाल : वास्तविक सही उत्तरचाहिँ वाईसीएल हो ।
प्रचण्ड :मलाई गम्भीर षड्यन्त्र हुँदै छ भन्ने लाग्छ ।
नेपाल : म प्रस्ट पार्न चाहन्छु यहाँ कुनै यन्त्र पनि छैन षड्यन्त्र पनि ।
प्रचण्ड : होइन, हामी ठूलो दललाई अन्तर्राष्ट्रिय जगत्बाट अलग गर्न हाम्रो भ्रातृ सङ्गठनलाई बद्नाम गर्ने प्रयास भएको छ ।
नेपाल : होइन । त्यसो भए, समझदारी गरौँ ।
प्रचण्ड : कस्तो समझदारी, समझदारी त समानदारी भएकाहरूले पो गर्ने हो त । हाम्रो त दारी नै छैन ।
नेपाल : समझदारी नहुने भए सहमति गरौँ ।
प्रचण्ड : हुन्छ हामी प्रगति चाहनेहरू सहमति गर्र्छौं ।
नेपाल : हामी पनि गतिशील हुन चाहन्छौँ । कमरेडले भनेजस्तो यथास्थिति होइन ।
प्रचण्ड : कस्तो सहमति –
नेपाल : त्यसो भए, वाईसीएल पनि युथफोर्स पनि
प्रचण्ड : त्यो भनेको के हो त नि –
नेपाल : मेरो प्रश्नको उत्तर । कमरेडले प्रश्न बिर्सनु भएजस्तो छ ।
प्रचण्ड : अ हँ प्रश्न के थियो रे । सम्झेँ, हुँदैन, यसमा सहमति होइन बिमति छ । वाईसीएल कुनै हालतमा हुन सक्दैन ।
नेपाल : त्यसो भए के गर्ने त ? वाईसीएल पनि होइन, युथफोर्स पनि होइन ।
प्रचण्ड : बरु, त्यसोसम्म हुन्छ । तर युथफोर्सचाहिँ सही उत्तर हो ।
नेपाल : सहमति गरौँ, कमरेड सहमति ।
प्रचण्ड : तपाईं हलो अड्काएर गोरु चुट्नुहुन्छ –
नेपाल : होइन, हामीले कहाँ हलो समातिराखेको छौँ त ? अब कमरेडले समाउनुपर्‍यो भन्दैछौँ ।
प्रचण्ड : वातावरण मिलाउँदैछौँ ।
नेपाल : वातावरण मिलाउनलाई नै अर्को प्रश्न, होइन कमरेड †
प्रचण्ड : ल हुन्छ कमरेड, अलि यथास्थितिवादी प्रश्न नगर्नुहोला ।
नेपाल : हुन्छ, ल सुन्नुस्, उत्तरको नरे दक्षिणमा सरे दक्षिणको दाइले पनि भर नगरे के हो ?
प्रचण्ड : होइन, एउटा आचार-सम्झौता बनाऊँ कस्तो मात्र प्रश्न गर्न पाउने भन्नेबारेमा । नत्र… …
नेपाल : नत्र… के कमरेड ।
प्रचण्ड : म तटस्थ बस्दिन्छु ।
नेपाल : जिम्मेवार दलको हैसियतले सुहाउँछ –
प्रचण्ड : तपार्इंले यस्तो प्रश्न गर्न सुहाउँछ नि –
नेपाल : अनि कस्तो गर्ने त –
प्रचण्ड : शान्ति-सम्झौतालाई बाधा नपर्ने गरेर ।
नेपाल : हुन्छ, म त्यस्तै प्रश्न गर्छु, इँयाली बियाँली दिन बिताई, जुनेली रातमा भत्ता चपाइ के हो –
प्रचण्ड : हो, यस्तै प्रश्न गर्नोस् । तर नढाँटी भन्ने हो भने अलि लाज पनि लागेछ ।
नेपाल : लाज मान्नुपर्दैन कमरेड । यहाँ तपाईं-हामी मात्र छौँ ।
प्रचण्ड : तपाईं-हामी मात्र, यसको सही उत्तर पनि यही हो । तपाईं-हामी संविधानसभा
दुबै हाँसे ।
नेपाल : अब कमरेड सोध्नुस् ।
प्रचण्ड : नखाऊँ भने जुनीभरिको सिकार, खाऊँ भने कठपुती आकार के हो –
नेपाल : आचारसंहिता उल्लङ्घन ।
प्रचण्ड : होइन, भा’छैन भा’छैन उल्लङ्घन भा’छैन ।
नेपाल : त्यसो भए उत्तर सुन्नुहोस्, हरुवा गोरुको छेरुवा दाउ, सकेदेखि प्रम खाऊ ।
प्रचण्ड : हुँदैन यस्तो तरिकाले हुँदैन । हाम्रो आपत्ति छ ।
नेपाल : फेरि भन्छु, हरुवा गोरुको छेरुवा दाउ, सकेदेखि प्रम खाऊ ।
यसरी प्रतिस्पर्धा परिणाम नै ननिस्किकन सकियो ।