काठमाडौं महानगरपालिकाबारे भ्रामक समाचार





केही दैनिक अखबारहरूमा काठमाडौं महानगरपालिका र मेरो विषयमा प्रकाशित समाचारले सर्वसाधारण र सम्बन्धित सबैलाई भ्रमित बनाउन खोजेको मैले महसुस गरेको छु । सोबारे यथार्थ कुरा जनसमक्ष ल्याउनु आवश्यक र आफ्नो कर्तव्यसमेत ठानेर लोकप्रिय घटना र विचार साप्ताहिकमा यो पत्र लेख्दै छु ।
मेरो घरबिदाको अवधि सकिएपछि कार्यालयमा हाजिर हुन गत कात्तिक २८ आइतबारदेखि गएको हुँ । आफ्नो कार्यालयमा हाजिर हुन जान सुरक्षाकर्मी लिएर जानुपर्ने जरुरी छैन र लिएर गएको पनि होइन । दुई/चारजना खराब व्यक्तिहरूको गलत सूचनाको आधारमा विवाद बढ्न सक्ने भनी सुरक्षाकर्मीहरू गएका रहेछन् । हाजिरकपी आफैंले ल्याएको भन्ने झुटो समाचार सम्पे्रषण गरी पीत पत्रकारिता देखाउने कथित दैनिक पत्रिकाहरूको रवैयाले आर्श्चर्यचकित तुल्याएको छ । ४० लाख रकम हिनामिना भएको भन्ने अर्को भ्रमित समाचारबारेमा गत वर्ष १५औँ नगरपरिषद्को निर्णयअनुसार संस्थागत कार्यक्रम अनुदानअन्तर्गत विनियोजन भएको रकमबारे भन्न खोजेको हो भने त्यो रकम चालीस नभई ४४ लाख हो । यो कार्यक्रम बजेटअन्तर्गत विभिन्न सामाजिक संस्थाहरूले पेस गरेको कार्यक्रम हेरेर त्यसको औचित्यता, प्रभावकारिता, जनआवश्यकता, उपयोगिता आदिलाई मध्यनजर राखी बोर्ड बैठकबाटै निर्णय गराई प्रदान गरिएको हो, जसको रकम निकासा कार्यक्रमको प्रगतिको आधारमा किस्ताबन्दीको रूपमा क्रमशः प्रदान गरिएको अभिलेख आर्थिक प्रशासन विभागमा जोसुकैले पनि कार्यालय समयभित्र हेर्न सक्नेछ ।र्
खर्च विनियोजन र सञ्चालन मौजुदा आर्थिक तथा स्थानीय स्वायत्त शासन कानुनको प्रक्रिया, आशय र पद्धतिअनुसार गरिएको छ र यो पूर्ण रूपमा नियम-कानुनसम्मत, पारदर्शी र नतिजामूलक छ । मेरो व्यक्तिगत स्वार्थका लागि एक रुपैयाँ पनि दुरुपयोग भएको छैन । समाचारमा जनाइएझैँ मेरो उपस्थितिविरुद्ध कर्मचारीहरू नभएको र त्यस्तो विरोध पनि नभएको बरु धेरै अन्तरालपछि कार्यालय पुग्दा अधिकांश कर्मचारीले हरि्षत मुद्रामा मलाई स्वागत गरेको पाएँ ।
पूर्ण गणतान्त्रिक लोकतन्त्रको मूलबाटोमा समाजलाई डोर्‍याउनुपर्ने राज्यको चौथो अङ्ग भनिने पत्रकारिताले राज्यकै स्थायी अङ्ग प्रशासनयन्त्रका मूल्य, मान्यता, अनुशासन, जनउत्तरदायित्व, निष्पक्षता, पेसागत आचरण आदिबाट बाँधिएका कर्मचारीमाथि गैरजिम्मेवार ढङ्गले झुटो र काल्पनिक समाचार निरन्तर प्रकाश गर्नु जिम्मेवार र सभ्य समाजका लागि लज्जाबोध हुने कुरा हो, जो भविष्यमा दोहोरिने छैन भनी आशा व्यक्त गर्दछु ।
– गणेश राई, सहसचिव
काठमाडौं, महानगरपालिका, सम्पर्क ः ९८५१०९८१११

कसले देला यसको जवाफ –
एकीकृत नेकपा माओवादीको हेडक्वार्टरले अवैध व्यापार, तस्करी, भ्रष्टाचार तथा विभिन्न आपराधिक कार्यलाई संरक्षण दिएर पार्टीभित्र ‘नवधनाढ्य वर्ग’ जन्माएको खुलासा माओवादीकै जिम्मेवार नेताहरूबाट सार्वजनिक हुन थालेको छ । पार्टीमा चरम आर्थिक अपारदर्शिता रहेको गुनासोसमेत त्यहाँभित्र उठ्न थालेको छ । सो पार्टीका उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ले नै यस्तो खुलासा गरेका छन् । कम्युनिस्ट पार्टीमा ‘हेडक्वार्टर’को अर्थ हुन्छ- उक्त पार्टीको सबभन्दा शीर्ष नेता । यतिबेला माओवादीको हेडक्वार्टर पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । यस हिसाबमा माथि उल्लेख भएको अवैध व्यापार, तस्करी, भ्रष्टाचार तथा विभिन्न आपराधिक कार्यहरूको संरक्षक भनी सङ्केत गर्न खोजिएका व्यक्ति ‘कामरेड’ प्रचण्ड नै हुन् भनी बुझ्न कुनै माथापच्ची गरिरहनु नै परेन ।
त के नेपाललाई स्वाधीन र समृद्ध राष्ट्र बनाउने उद्घोष गर्दै आएका माओवादी अध्यक्ष प्रचण्ड भ्रष्टाचारी, दुराचारी, अराजक र अपराधीहरूका संरक्षक नै हुन् त -त्यस्ताहरूलाई साथ लिएर हिँड्नुपर्ने त्यस्तो के बाध्यता पर्‍यो उनलाई – यस्ता विकृतिका जडहरूलाई साथ र संरक्षण दिने व्यक्ति के राजनीतिमा सफल बन्न सक्लान् त – वास्तवमा आज माओवादी पार्टी शिरदेखि पुछारसम्म नै यस्तै अनेक विकृति-विसङ्गतिको बाहक बन्न पुगेको छ । सामाजिक सुरक्षाका सवालमा आज नेपाली समाज जुन रूपमा तल ओर्लिएको छ यसको मुख्य जड नै माओवादीले जन्माएको, हर्ुकाएको र फैलाएको हतियारको संस्कृति हो । माओवादी द्वन्द्व जन्मनुअघि के समाजमा अपराध नै थिएन त भन्ने प्रश्न पनि यहाँनेर उठ्न सक्ला । तर, जुन गति र शैलीमा नेपाली समाजमा आज चोरी, डकैती, फिरौती, असुली, लुटपाट, अपहरण र हत्याजस्ता निकृष्ट अपराधले फणा उठाएको छ, यो माओवादी लडाकु र वाईसीएलको छाडाप्रवृत्ति र रातारात धनी बन्ने सपना बोकेका युवाहरूले माओवादी पार्टीको ओत लिएर जथाभावी अराजकता मच्चाउन थालेपछि नै भएको हो । कमसेकम मजस्ता पीडितको बुझाइचाहिँ यही नै छ । म कुन रूपले माओवादी-पीडित भएँ भनी व्याख्या गर्नु व्यक्तिगत कुरा हुन जाला, किनकि मजस्ता माओवादीपीडित यो मुलुकमा हजारौँ-लाखौँ छन् । देश नै आज माओवादीको अनावश्यक तर्क, हठ र निरङ्कुश शासन चलाउने दर्ुर्नियतका कारण बन्धक बनिरहेको छ भने हामीजस्ता भुरेभारे पीडितको कथाले के नै पो अर्थ राख्छ र – भन्न खोजेको के मात्र हो भने जति नै आदर्शका कुरा गरे पनि माओवादी पार्टी पनि आज विकृति र भ्रष्टमतिको दलदलमा फसिसकेको छ । जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ हुनपुग्दा नेपाली जनता जिल्लिन पुगेका छन् । तथापि, आफूलाई अझै स्वच्छ र गरिब-निमुखाका लागि केही गर्ने पार्टी भनी दाबी गर्न माओवादीका हेडक्वार्टर या नेतृत्व वर्ग रत्तिभर सरम मानिरहेको छैन । यही कुराले उदेक लाग्छ, रिस पनि उठाउँछ । होइन भने आफ्नै दलका जिम्मेवार नेताहरूले के प्रचण्डको डाह लागेर मात्रै त्यस्तो गम्भीर आक्षेप लगाए होलान् त – यसको छानबिन गर्ने र हामीजस्ता सर्वसाधारणलाई जवाफ दिएर चित्त बुझाइदिने कसले –
– कुमार क्षेत्री, झापा, हाल ः कतार

हिजोका तिनीहरू कता हराए –
एउटा चर्चित उखान छ- हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात । त्यस्तै देखिएको छ अहिले ६०१ कथित सभासद्को बानी-व्यहोरा । जनताको चाहनाविपरीत सबैले चोचोमोचो मिलाएर आफ्नो जागिरको म्याद थपे । तर, उनीहरूको परालेखुट्टा अब त नेपाली जनताले देखे । माधव नेपालले राजीनामा दिएको ४ महिना बित्दा पनि राष्ट्रिय सहमति त परै जाओस् सामान्य बहुमतको सरकार पनि दिन नसक्ने माओवादीको बचकाना व्यवहार पनि आफैंमा लाजमर्दो छ ।
रिमोट कन्ट्रोलबाट चल्नेहरू बोल्न त बोल्छन् तर आप\mनै दिमागले कुनै काम गर्न सक्दैनन् । हिजो रिमोट कन्ट्रोलको आदेशमा राजसंस्था फाल्नेहरूले पनि आज बुझिसके होलान् कि नेपाल यतिका वर्षसम्म राजसंस्थाले नै बचाएर राखेको रहेछ । अहिलेको जस्तो विदेशी हस्तक्षेप नेपालको इतिहासमा कहिल्यै भएको थिएन । गिरिजाको पहिलो राष्ट्रपति हुने सपनाले गर्दा गिरिजा स्वयम् त अकालमै बिते आज देश पनि जीवनमरणको दोसाँधमा छटपटाइरहेको छ । देशका लागि सञ्जीवनी बुटी खोजेर ल्याउने हनुमानको खाँचो यतिबेला परेको छ ।
जसले घर बनायो उसलाई र उसका सन्ततिलाई नै त्यो घरको बढ्ता माया हुन्छ । घर बनाउनेले आफूले बगाएको रगत र पसिना सम्भिmरहन्छ । उसले आप\mनो सन्ततिलाई भन्छ, सन्ततिले पनि यो मेरो पर्ुखाले जोडेको सम्पत्ति हो यसलाई जोगाउनुपर्छ भन्ने कुरा हरदम सम्भिmरहेको हुन्छ । नेपालको सर्न्दर्भमा २४० वर्षदेखि शाहवंशले नेपालरूपी घर बिग्रन दिएको थिएन, अप्ठ्यारा परिस्थितिमा पनि आफ्नो स्वाभिमान बचाइराखेको थियो । जनतासामु झुक्न सक्ने तर विदेशीको पाउ कहिल्यै नमोल्ने चरित्र प्रदर्शन गर्दै राजसंस्था जनतासामु झुक्यो । नेपाली जनताले यो कुरा अब बुझ्नु आवश्यक छ । देश बचाउने हो भने जनतासँग झुक्न सक्नेलाई नै नेपाली जनताले बोक्नुपर्ने आवश्यकता छ । चार महिना लगाएर सोह्रपटक कसरत गर्दा पनि एउटा प्रधानमन्त्री चुन्न नसक्ने नालायकहरूले नेपाली जनतालाई केही दिन सक्दैनन् । नेपाली जनतालाई अघोषित रूपमा शरणार्थी बनाउने यिनीहरू नै हुन् ।
संविधानसभारूपी नाटकमा नेपालको अर्बौं रुपैयाँ खर्च भइसकेको छ तर परिणाम हात लाग्यो शून्य । दुई वर्षको म्यान्डेट पाएका ६०१ जम्बोहरूले दुई वर्षमा अर्बौं रुपैयाँ तलब, भत्ता र विदेश सयर गर्दा स्वाहा पारे । त्यतिले नपुगी स्वघोषित रूपमा मध्यरातमा आप\mनो पदावधि आफैं थपे, तर उपलब्धि शून्य । यसबारेमा हिजो संविधानसभाको म्याद थप्न नाराबाजी लगाउनेहरू किन आवाज उठाउँदैनन् – कुन दुलामा छन् उनीहरू – हिजो राजा, राजपरिवार तथा राजप्रासादका कर्मचारीले तलब-भत्तास्वरूप वर्षको १०/१२ करोड लिँदा आकाश खस्न थाल्यो भनी चिच्याउनेहरू आज किन लाटो भएका छन् – कता हराए कथित नागरिक समाजका
लाउकेहरू – खै कता हराए डलरको खेती गर्ने खालखालका वस्त्रधारी ढोंगीहरू – कता हराए कथित बुद्धिजीवी भनाउँदा – कता हराए अर्थविद्हरू – कता हराए कथित आठ विद्यार्थी सङ्गठनहरू – कता हराए कलाकर्मीहरू – कता हराए पेसाकर्मीहरू – कता हराए डाक्टरहरू – कता हराए इन्जिनियरहरू – कता हराए पत्रकारहरू – अनि कता हराए पार्टीका झोला बोक्नेहरू –
– अनिलभक्त खरेल
मनासस -भर्जिनिया), अमेरिका

प्रतिक्रिया