निर्वाचन आयोग प्रदेश तथा प्रतिनिधिसभा चुनावको तयारीमा होमियो

निर्वाचन आयोग प्रदेश तथा प्रतिनिधिसभा चुनावको तयारीमा होमियो


निर्वाचन आयोग प्रतिनिधि तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ । स्थानीय तह चुनाव लगभग टुंगिसकेको भन्दै आयोग प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको हो ।

अयोगले चुनावको काम समेत अघि बढाएको जनाएको छ । अयोगले एक सुचना जारी गर्दै ती चुनावमा पर्यवेक्षण अनुमति लिन चाहने संस्थाका लागि आवेदन माग गरेको छ ।

आयोगले यसअघि पहिलो पटक आयोगले साउन ६ गते आवेदन माग गरेको थियो । शुक्रबार पुनः दोस्रो पटक सूचना प्रकाशित गरी पर्यवेक्षक आह्वान गरेको हो ।

निर्वचन अनुगमन गर्न चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको १५ दिनभित्र अनुमति लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आवेदकले संस्थाको हकमा दर्ता प्रतिलिपि पेश गर्नुपर्नेछ । यस्तै, संस्थाको विधानको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । संस्था नवीकरण र लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।

यसअघि कुनै पनि निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन नबुझाएका संस्थाले भने निर्वाचन पर्यवेक्षणको अनुमति पाउने छैनन् ।

आयोगले अब हुने चुनावका निम्ति मतदाता शिक्षा तथा अन्य कामहरु समेत दु्रत गतीमा अघि बढाएर लैजाने जानकारी दिएको छ ।