सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले विजयी

सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले विजयी


 सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याउनुभएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताउनुभयो ।

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।