टुँडिखेलमा खेलाडीको विशेष प्रदर्शन

टुँडिखेलमा खेलाडीको विशेष प्रदर्शन


संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहमा विभिन्न खेलका खेलाडीहरुले खेलकौशल प्रस्तुत गरेका छन् । कार्यक्रममा तेक्वान्दो, मुवाँथाई र उसुका खेलाडीले आ–आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।

टुंडिखेलस्थित सैनिक मञ्चमा आयोजित उक्त विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती मगरलगायतको उपस्थिति रहेको थियो ।

तेक्वान्दो खेलाडीको अल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय रेफ्री अनुयाज गौतम, मुवाँथाईको राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपति तथा उसुको प्रमुख प्रशिक्षक अम्बरबहादुर थिङले नेतृत्व गरेका थिए ।