पौडेलले गरे आदिवासी–जनजातिको प्रशंसा

पौडेलले गरे आदिवासी–जनजातिको प्रशंसा


पार्टी नेतृत्वको सवालमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टी सबैको भएको तर्क गर्दै कांग्रेसलाई साथ दिए देशकै भलो हुने बताएका छन् । नेपाल आदिवासी जनजाति संघले पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई संवोधन गर्दै उनले नेपाली कांग्रेसप्रति नेपालका आदिवासी जनजातिको ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे ।

मुलुक संविधान कार्यन्वयनको दिशामा अघि बढेकाले अबको प्रादेशिक चुनावमा कांग्रेसलाई अघि बढाउन आदिवासी जनजातिको उत्तीकै भूमिका हुने भएकाले सवै त्यसमा केन्द्रित रहनुपर्ने उनको आग्रह थियो ।

नेपालको वर्तमान संविधानमा आदिवासी जनजातिहरुको हक, अधिकार र नेपाली कांग्रेसमा भविष्य विषयक विचार गोष्ठीमा नेपाल आदिवासी जनजाति संघ केन्द्रिय समितिका महामन्त्री प्रशान्त राईले शीर्षस्थ नेताहरुलाई नेपालका आदिवासी जनजातिलाई स्पष्ट रुपमा उनिहरुका हक अधिकार र पहिचानको लागि बोल्नुपर्ने माग गरे । संघका केन्द्रिय अध्यक्ष आइवी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।