चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त तुल्याउन यस्तो छ प्रहरीको आह्वान

चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त तुल्याउन यस्तो छ प्रहरीको आह्वान


दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी महानगरीय प्रहरी काठमाडौंले नगरिक सुरक्षाका कृही टिप्स जारी गरेको छ । सुरक्षा सुरक्षा व्यवस्था चुस्त तुल्याउनका लागि प्रहरीसँगै नागरिकको पनि महत्वपूर्ण भूमिका रहने भन्दै महानगरीय प्रहरी कार्यालयले नागरिक समुदायलाई आह्वान गरेको सार्वजनिक अपिलमा आफ्नो टोल, छिमेक तथा सार्वजनिक स्थानमा शंकास्पद व्यवहार भएको देख्नेवित्तिकै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

‘कृपया प्रहरीलाई तत्काल खबर गर्नुहोस, तपाईंको एउटा फोन कलले ठूलो विपत्ती टार्न सक्छ’ भन्दै प्रहरीले भनेको छ-

 आफ्नो बस्तीमा होहल्ला भएमा,
 कुसमयमा र कुठाउँमा अनावश्यक गुन्गुनाहट सुनेमा,
 शंकास्पद सामान वा वस्तु ओसारपसार भएमा,
 अचेत वा शंकास्पद रुपमा मानिस लडेको देखिएमा,
 मदिराको प्रभावमा सवारी हाँके जस्तो लागेमा,
 वस्तिमा नयाँ अनुहारहरु शंकास्पद गतिविधि गरिरहेको देखेमा,
 जुवा तास (कौडा, डाईस, तीन गोटी) खेलाएको, खेलेको देखेमा,
 कसैको घर वा घरनजिक शंकास्पद जमघट देखिएमा,
 बिष्फोटक जन्य पदार्थको बेचबिखन, ओसारपसार वा प्रयोग भएको देखेमा,
 आवारा प्रकृतिका युवाहरुको जमघट देखेमा,
 एकान्त स्थानमा मानिसहरुको जमघट भईरहेको देखेमा,
 हतार हतार कोही भागीरहेको देखेमा,
 हातमा हातहतियार बोकी हिँँडिरहेको देखेमा,
 नसाको प्रभावमा हिँडिरहेको देखेमा,
 घाईते भई शंकास्पद रुममा हिडिरहेको वा भागिरहेको देखेमा,
 बेचबिखनमा अनियमितता वा कालोबजारी भईरहेको देखेमा,
 सवारी साधनहरुको नम्बरहरु पोतिएको र छोपेको देखेमा,
 समयमै घर आउने मानिस घर नआएमा,
 निषेधित वस्तुको उत्पादन, ओसार पसार, बेचबिखन र उपभोग भएको देखेमा,
 मानवीय र दैवी विपत्ति परेमा वा दुर्घटना भएमा,
 दिपावलीमा पटाका, भुइँचम्फा लगायत ठुलो आवाज आउने पदार्थ पट्काएमा,
 अरू कुनै पनि आपतकालीन सहयोग आवश्‍यक परेमा-

प्रहरीलाई सम्पर्क गर्ने नम्बरहरु :
कन्ट्रोल – १००, SP Control 1 – ९८५१२८०३९१
SSP काठमाण्डौ – ९८५१२०५५५५
SSP ललितपुर – ९८५१२२५५५५
SP भक्तपुर – ९८५१२१५५५५
नजिकको प्रहरी कार्यालय