प्रहरीमा सिटौलाका कति दुश्मन †





यस वर्षको प्रहरी पुनर्मिलन समारोह महेन्द्र पुलिस क्लबमा हालै आयोजना भयो । वर्तमान तथा भूतपूर्वहरूको उल्लेखनीय उपस्थिति रहेको त्यो समारोह निक्कै रौनकपूर्ण थियो । वर्तमान तथा भूतपूर्व प्रहरीहरूबीचको दूरी कम गर्न निक्कै मद्दत पुर्‍याउने यो समारोह कहिलेकाहीँ उनीहरूको मनका ‘भडास’ निकाल्ने अवसर पनि हुने गर्दछ । अधिकृतहरूको ठूलो जमघट रहेको यस वर्षको त्यो कार्यक्रममा सांस्कृतिक कार्यक्रम हुनुअघि रिप्/mेसमेन्टको लागि ‘डि्रङ्क्स’को व्यवस्था पनि गरिएको थियो । त्यहाँ प्रहरी अधिकृतहरूबीच व्यक्तिगतका साथै देशका विभिन्न पहलुमा कुराकानी भइरहेको थियो, तर यस वर्ष सबैभन्दा बढी कुराकानीको विषय भने पूर्वगृहमन्त्री सिटौलाको मुटु रोगले पायो ।
सिटौलालाई प्रहरी सङ्गठनमा असल अधिकृतहरूलाई बिगार्ने, पछिपार्ने र प्रहरीको पद्धतिलाई भताभुङ्ग पार्ने दुर्स्कर्ममा सबैभन्दा बढी संलग्न रहेको पूर्वगृहमन्त्रीको रूपमा चिन्ने गरिन्छ । प्रहरी सङ्गठनभित्र निकै विवादित र रक्तचन्दन तस्करी एवम् डाफर काण्डका कारण ठूलो भ्रष्टाचारीको रूपमा चिनिएका कृष्णप्रसाद सिटौलाले केही साताअघि नर्भिक अस्पतालमा भर्ना भएका सन्तनेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थिति बुझ्न जाने क्रममा आफैं मुटुको रोगबाट ग्रसित भई तत्कालै मुटुको अप्रेसन गराउनुपरेको थियो । सिटौलाले अपर्झट मुटुको अप्रेसन गरेको खबर पुनर्मिलन समारोहका प्रहरी अधिकृतबीच फैलनेबित्तिकै सबैले चासो दिएर सुन्न थाले । त्यसरी सुन्दा अधिकांश अधिकृत सिटौलाको अप्रेसनबाट दुःखीभन्दा खुसी देखिन्थे । प्रहरी सङ्गठनभित्र सिटौलाका कारणले थोरै प्रहरी अधिकृतबाहेक अधिकांशले अन्याय व्यहोरेका थिए र गिरिजा कोइरालाका नजिक भएका कारण भुइँमा न भाँडामा भएर प्रहरीमा जथाभावी गर्दै आफ्नो पदको दुरुपयोग गरेका थिए । पुनर्मिलन समारोहमा उपस्थित अधिकृतहरूका लागि सिटौलाको स्वास्थ्यपीडा पनि आनन्द दिने विषय बन्नु विषयवस्तुका हिसाबले दुःखद् भए पनि अस्वाभाविक भने ठानिएन । किनकि, सिटौलाले पनि थुप्रै प्रहरी अधिकृतको क्यारियर तथा भविष्य बिगारेर आफूले आनन्द लिएका थिए । भूतपूर्व प्रहरीहरूमध्ये अधिकांश सिटौलाको कुरा चल्दा उनीप्रति निक्कै आक्रोशित बन्थे । सिटौलाका समयका आईजीपी श्यामभक्त थापा र ओमविक्रम राणा दुवै त्यस समारोहमा अनुपस्थित थिए । भनिन्छ, उनीहरूले पनि प्रहरी सङ्गठनमा धेरै नै नचाहिने काम गरेका हुँदा प्रहरी अधिकृतहरूको जमघटमा गाली खाइएला भनेर उनीहरू डराउने गर्दछन् र सकभर जमघटमा उपस्थित हुँदैनन् । घण्टौंसम्म सिटौलाको स्वास्थ्यस्थिति खराब भएकोमा खुसी मनाउँदै मदिरा पिइरहेका वा नपिइरहेका अधिकृतहरूको कुराबाट यही बुझिन्थ्यो कि कृष्णप्रसाद सिटौला प्रहरी अधिकृतहरूबीच हालसम्मकै अलोकप्रिय गृहमन्त्री रहेछन् । सिटौलाको मुटुरोगमा सहानुभूति कसैको देखिएन । सो समारोहमा प्रहरी अधिकृतहरूले सिटौलाको विरोधमा कुरा गरेको सुन्ने एक अधिकृतले यसोसम्म भने, ‘सिटौलाले प्रहरीमा निकै दुश्मन कमाउने काम गरेका रहेछन् ।’
– हरिहर शर्मा, काठमाडौं

तीहारको शुभकामना-पिँडालीप्रसाद
दसैंमा त प्रायः दल वा सङ्गठनहरूले शुभकामनाहरूले शुभकामना तथा चियापान कार्यक्रम गरे । शुभकामनाका शब्द पनि साटिए । तर, तिहारमा त्यस्तो कार्यक्रमको प्रचलन छैन । तै पनि यसो ठूला दलका ठूला नेतालाई यस्तै मेसोमा शुभकामना दिए पाए, अलि नजिक हुने मौका पाइने । मौकामा नजिक भएर चिनजान बढाएपछि काम लिन पाइने । मनमा यस्तै कुरा लागेर मैले पुरानो मित्र चाकडीप्रसाद चौलागार्इंलाई सम्झेँ ।
मित्र चाकडीप्रसाद मौका नै नपाए पनि चौका हान्न खोज्ने, आफैंलाई अभाव हुँदा पनि दबाब दिएर प्रभाव पार्न सक्ने विशेषता भएका व्यक्ति हुन् । उनी मान्छेलाई मख्ख पार्न ‘आफन्तका आन्द्रोदेखि मन्त्रीका मान्द्रोसम्मका’ कुरा गर्न सक्छन् ।
उनले भने, शुभकामना दिने औपचारिक कार्यक्रम नभएर के फरक पर्‍यो र – झन् यही मौका हो, नेतालाई घर-घरमा भेट्ने र शुभकामना दिने । धेरैजनामा भेटेेको भन्दा यस्तो एक्लै-दुक्लै भेटेको सम्बन्ध यो गाढा हुन्छ त † त्यसैले घरघरमा जानुपर्छ । उनले भनेको जानुपर्छमा मैले पनि ‘पर्छ, पर्छ’ भनिदिएँ अनि सम्बन्ध राम्रो हुन्छ र त फाइदा लिन पाइन्छ बुझनुभयो – ‘हो त नि’ मैले सहमति जनाएँ ।
यसपटकको ट्याक्सी भाडा र फूल बुकेमा चैं तपाईंले खर्च गर्नुपर्छ । अरू बाँकी मैले व्यहोर्छु । ‘सबै मैले व्यहोरिसकेपछि तिमीले के व्यहोर्नुपर्‍यो र -‘ सोच्न नभ्याउँदै चाकडीप्रसादले सोधे, ‘कुरा बुझनु भो -‘ म ट्वाल्ल परेँ । ‘तपाईंको अहिले त्यस्तै चार-पाँच हजार न लाग्ने हो, पछि त यसको सयौँ भाग उठाउन सकिन्छ । यसो भन्दै उनले कमाउने आइदा पनि बताए । र, फेरि सोधे, ‘कुरा बुझनु भो -‘ अब पनि कति नबुझेजस्तो गर्नु भनिदिएँ, ‘बुझेँ’ ।
लौ त अब जाने भइयो सुप्रख्यात नेतालाई शुभकाना दिन । नेताका पनि अभिनेता अर्थात् तिनका पीएसँग समय मिलाएपछि हामी लाग्यौँ नेता निवासतिर ।
सर्वप्रथम, जसले मैदान छोड्छ उसले कहिल्यै जित्दैन जसले कहिल्यै मैदान छोड्दैन उसले हारि्दनँ भन्ने कुरामा विश्वास गर्ने प्रधानमन्त्रीका प्रत्याशी रामचन्द्र पौडेललाई भेट्यौँ ।
पौडेलको प्रशंसा गर्दै भनियो, ‘नेताज्यू हजुरलाई तिहारको शुभकामना †’ शुभकामना शब्द भन्न नभ्याउँदै पौडेल त पडि्कइहाले ‘चाइने अरू सबै चिज शुभकामना दिनोस् तर यो हार जोडिएको चिजको शुभकामना नदिनोस् ।’ चाकडीप्रसादले अरू शब्द थपथाप गर्दै भने, ‘नेताज्यू तिहारको शुभकामना दिन मात्र आएको ।’ ‘अहँ मलाई अरू कुनै हारको कुरा सुन्नु छैन ।’ दर्जनभन्दा बढी पटक पछारिँदा पनि हारका प्यारा यी नेतालाई हार्न मात्र मन पर्दोरहेछ हार जोडिएको शब्द होइन ।
त्यसपछि हमाी लाग्यौँ नयाँ नेपालका नयाँ प्रधानमन्त्री हुने सपना बोकेका कमरेड प्रचण्डतिर ‘…तिहारको शुभकामना’ भन्ने शब्द सुन्नेबित्तिकै कमरेडले मधुर मुस्कानमा हामीलाई पनि कमरेड नै सम्बोधन गर्नु भो । भन्नुभो ‘ति हार † अब राजनीतिमा हारजित भइरहन्छन् ।’ ‘होइन होइन हामी त तिहारको शुभकामना दिन आएका’ प्रस्ट पार्ने प्रयास गर्‍यौँ । कमरेडले कूटनीतिक जवाफ दिए, ‘यो सबै किसिमको हारको शुभकामना पौडेलजीलाई नै दिँदा राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ हो । उहाँ अझ पनि हार्दै हुनुहुन्छ ।’
चाकडीप्रसादले कुरा चपाउँदै भने, ‘उहाँ भा’ ठाउँमा पुगिसक्यौँ ।’ ‘त्यसो भए किन यता आ’ त -‘ पीएले बीचमै छिर्के हान्यो र हामीलाई बाहिर तान्यो । यसरी हामी बाहिरियौँ ।
बाहिरिएपछि चाकडीप्रसादले भने- हुनेवाला होइन भइरहेकालाई भेटौँ । हाम्रो कुरा यिनले बुझलान् । ‘प्रधानमन्त्रीज्यू यहाँलाई शुभकामना ।’ उहाँ फिस्स हाँस्नु भो । यो बिरि्ससकेको कुरा किन सम्झाउनुहुन्छ बरु मभन्दा बढी हार भएकाहरूलाई दिनोस् शुभकामना ।’ ‘म त दुई ठाउँबाट एकपटक मात्र हारेको हुँ । एक्कै पटक दर्जनौं पटक हार्ने भइसके । उतै दिनोस् शुभकामना ।
यहाँ पनि उही समस्या कुरा बुझाउनै सकिएन । आदरणीय पाठक वृन्द † तिहारको उपलक्ष्यमा हरेक हारलाई जित्न सक्ने शक्ति प्राप्त गर्न सक्नोस्, तपाईंलाई शुभकामना । तपाईंको खुसी नै हाम्रो खुसी ।

प्रतिक्रिया