पूर्ण गुरुङलाई आइओएफटीसीको आर्थिक सहयोग

पूर्ण गुरुङलाई आइओएफटीसीको आर्थिक सहयोग


अमेरिकाको पोर्टल्यान्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशीप (आइओएफटीसी) ले दुवै मुगौला फेल भएका गायक तथा संगीतकार पूर्ण गुरुङलाई मृगौला ट्रान्सफर गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

आइओएफटीसीका प्रतियोगिता डाइरेक्टरमार्फत प्राप्त भएको १ लाख २ हजार नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले प्रदान गरेका थिए । ढुंगेलले शिक्षण अस्पतालमा पुगेर विरामीलाई रकम हस्तान्तरण गरेका थिए ।

त्यसैगरि युयुएनटीएफबाट प्राप्त ३५ हजारसमेत गुरुङलाई प्रदान गरिएको ढुंगेलले बताए । ‘इन्द्रेणी कार्यक्रममार्फत सहयोगका लागि अपिल भएको थाहा पाएपछि विदेशबाट सहयोग गर्नेहरु बढेका छन्’ ढुंगेलले भने । ‘हामी दाताले दिएको रकम सदुपयोग होस् भनेर लागिरहेका छौँ । पुर्ण गुरुङ बचाउन अभियानमा हाम्रो सहयोग र समर्थन रहिरहने छ ।’