दशैँलाई लक्षित गरी मापसे जाँचमा कडाई

दशैँलाई लक्षित गरी मापसे जाँचमा कडाई


नियमतः मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नपाइने जानकारी सबैलाई छ, र ट्राफिक प्रहरीले पनि मापसे जाँच गरिआएकै छ । तर, नजिकिएको दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे जाँचलाई थप कडाइ गर्ने भएको छ ।

चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापर्वाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी कडाइका साथ नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

मापसे जाँचमा मात्र कडाई गर्ने नभई बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमित क्रियाकलाप गर्ने सवारी साधनलाई पनि कडाइका साथ जाँच गरिने छ । काठमाडौँ उपत्यकामा भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको खनालले बताए ।