टुक्रिएका चार जिल्लामा एलडीओ तोकियो

टुक्रिएका चार जिल्लामा एलडीओ तोकियो


  • विजय दमासे

सरकारले टुक्रिएका चार जिल्ला एलडीओ तोकेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रुकुमको पूर्व भाग प्रदेश नम्बर ५ मा पुरुषोत्तम शर्मा, नवलपरासी वार्दघाट सुस्ता पूर्व भाग प्रदेश नम्बर ४ मा विजयराज पौडेल, नवलपरासी वर्दघाट सुस्ता पश्चिम प्रदेश नम्बर ५ मा प्रकाशराज पौडेल, रुकुम पश्चिम भाग प्रदेश नम्बर ६ मा माधवप्रसाद शर्मालाई स्थानीय विकास अधिकारीका रुपमा तोकेको हो ।

नेपाल सरकारको भाद्र ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान धारा ५६ को उपधारा २ एवं अनुसुची चारमा व्यवस्था भएअनुरुप स्थापना भएका नवगठित जिल्लामा तत्काल एलडीओ खटाउन मन्त्रालयलाई आदेश दिएपनि लामोसमयसम्म एलडीओ तोकिएको थिएन ।

एलडीओ जिल्लामा नहुँदा कति संख्यामा जिल्ला समन्वय समिति गठन हुने हालसम्म यकिन हुन सकेको छैन् ।

कति संख्यामा जिसस गठन हुने यकिन नहुँदा नवलपरासी र रुकुममा जिल्ला समन्वय समितिको निर्वाचन समेत हुन छैन् ।

निर्वाचन आयोगले पटकपटक भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरी स्थानीय विकास अधिकारी खटाउन दबाब दिर्दै आएको थियो ।

सरकारले जिल्ला समन्वय समितिको स्थापना र संचालन गर्न एलडीओ खटाएसँगै एलडीओले ती जिल्लामा निर्वाचन प्रक्रिया समेत अघि बढाउने छन् । स्रोतका अनुसार,सरकारले साबिकको ठाउँलाईनै तत्काल केन्द्र निर्धारण गरेको छ ।