क्यान मेलामा भन्सार छलीका सामान, देखाउँदैनन् भ्याट विल र एमआरपी

क्यान मेलामा भन्सार छलीका सामान, देखाउँदैनन् भ्याट विल र एमआरपी


रोशन कार्की

राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान कमटेक २०१७’ मा बेच्नकालागि राखिएका अधिकाशं सामानहरु भन्सार छली गरी ल्याइएको भेटिएको छ । विभिन्न समयमा भन्सार कर्मचारीको मितिमतोमा विना भन्सार नेपाल भित्राइएका उक्त विद्युतिय सामानहरुलाई मेलाको नाम दिदै बिक्री गर्ने माध्याम व्यापारीहरुले अबलम्बन गरेको पुष्टी भएको छ ।

पसलमा बिक्री गरिदा भन्सार विन्दु दर (एमआरपी) माग्ने गरेकाले सोचे अनुसारको बिक्री गर्न नसकेपछि विभिन्न समयमा यस्ता मेलाको आयोजना गरिदै आएको छ ।  मेलामा छुटको नाम दिदै आफुखुशी राखिएको मुल्यमा बिक्री गरिदै आएको पाईएको छ । मेलामा रहेका सवै स्टलहरुमा एमआरपी र मुल्य अभिबृद्धि कर (भ्याट) को विवरण र विल मागेमा सो विवरण नदेखाउने र अनेक बहाना देखाएर छुटमा दिएका छौ भन्दै पन्छिने काम व्यापारीहरुले गर्दै आएका छन् ।

एकातर्फ सरकारलाई बुझाउनु पर्ने कर र भ्याट समेत छली गरेका छन भने अर्कोतर्फ सरकारसंग अनुमति नलिईकन मेला महोत्सव गरिदै आएका छन् । यसरी मेलाको नाममा मात्र करोडौ रुपैयाँ कर र भ्याट छली हुँदा समेत सम्बन्धित सरकारी निकाय मौन रहेको छ ।  मेलामा सहभागी प्रिन्ट स्पोन्सर हाइसेन्सले फोरके स्मार्ट टिभीसहित विभिन्न इलेक्ट्रोनिक्स उत्पादनहरु बिक्रीमा राखेको छ । सागर ग्रुपअन्तरगत रहेको ४ ओटा अन्तर्राष्ट्रिय ब्रान्डलाई भन्सार छली गरी नेपाल भित्रायाएको अरोप समेत लगाइएको छ । सागरले ब्रदरका प्रिन्टर, क्यासपरस्की २०१८, एनइसीका प्रोजेक्टर र पिएबिएक्स, कोनिका माइनोल्टा ब्रान्डको एथ्री साइजको फोटोकपी मेशिनहरु रहेका छन्।

विना अनुमति भृकुटीमण्डपमा जारी मेला

नेपाल धागो उत्पादक संघको सिलार्इ बुनार्इ सामाग्री सम्वन्धी मेला
‘सुबिसु क्यान कमटेक २०१७’
जुत्ताचप्पल मेला

मेलामा आउने अवलोकनकर्ताका लागि भन्दै ५० रुपैयाँको टिकेट खरिद गरेर आएमा सनराइज बैंकले २ सय रुपैयाको बैंक खाता खोल्न पाउने भन्दै प्रचार गरेको छ । आयोजकले विना अनुमति मेला अवलोकनका लागि आउने सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया भन्दै रकम संकलन गर्दै आएको छ । सो मेला अबधिभर कति रकम संकलन भयो भन्ने समेत सार्वजनिक गरिदैन ।

मेला महोत्सब गर्नु परेमा त्यसको महत्व र उययोगीताबारे प्रष्ट उल्लेख गरेर अस्थायी स्वीकृत लिनु पर्ने सरकारी नीतिमा रहेको छ । तर आजसम्म हुने कुनै पनि मेला महोत्बसमा सो स्वीकृती लिने गरेको पाईएको छैन । मेलाको नाम दिएर सामान बिक्री गर्दा आयकर र भ्याट समेत सरकारलाई बुझाउनु नपर्ने भएकाले अबैधरुपमा आयात गरिएका सामान र भन्सार छलीका गुणस्तहिन सामान सरकारी कर्मचारीलाई साक्षि राखी बिक्री गदै आएका छन् ।

राजधानी लगायत मुलुकका विभिन्न जिल्लामा आयोजना हुने मेला तथा महोत्सवमा राखिने वस्तुहरू अवैध नाकाबाट आउने गरेको र भ्याट छली भएका बस्तु राखिने गरेको खुलासा भएको हो । मेलामा राखिने अधिकांश बस्तु भ्याट छली भएर आउने गरेको तथ्य खुलेपछि आन्तरिक राजस्व विभागले मेला आयोजकलाई कुनै जानकारी लिने प्रयास समेत गरेको छैन ।

प्रचलित कानुन अनुसार कुनै पनि संस्थाले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी गर्दा सम्बन्धित कर कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, मेला आयोजकले सो स्वीकृति लिएको तथ्याङक कर कार्यालयमा छैन । हालसम्म कुनै पनि मेला आयोजकले कर कार्यालयबाट स्वीकृति नलिई आयोजना गरिरहेका छन । मूल्य अभिवृद्धि करको व्यवस्थाअनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि मेला आयोजक संस्थाले भ्याटको पालना नगरेको विभागले जनाएको छ ।