अन्तर्राष्ट्रिय कबड्डी हुने

अन्तर्राष्ट्रिय कबड्डी हुने


अखिल नेपाल कबड्डी संघको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता असोज ५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी चार राष्ट्रको सहभागिता रहने कबड्डी संघकी अध्यक्ष तुलसी थापाले जनाएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने तीनदिने प्रतियोगिता सुपर लिगका आधारमा खेलाइने छ ।