जितिया पर्व मनाउदै थारु समुदाय

जितिया पर्व मनाउदै थारु समुदाय


मैथिली, भोजपुरी, राजवंशीका साथै थारु समुदायले विशेष महत्वका साथ सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउँदैछन् । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन मनाइने यो पर्वको पहिलो दिन नहाई खाई अर्थात नुहाएर खाने दिनका रुपमा लिइन्छ । दोश्रो दिन जीवित पुत्रीका दिन अर्थात खर दिन पनि भनिन्छ र तेश्रो दिनलाई परान भनिन्छ ।

यो पर्वमा ब्रतालु आमाहरुले स्नान गरी चोखो हुने र तिथिको उत्तराद्र्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ ब्रतको शुभारम्भ गर्छन् । ब्रतालुले सप्तमी तिथिको उत्तराद्र्धमा भोजन गर्छन, त्यसलाई ‘ओटघन’ भनिएको हो । आमाहरुले आफ्ना सन्तानको रक्षाका लागि जितिया ब्रत शुरु भएको जनविश्वास रहिआएको छ ।