अबको उपसभापति म नै हुँ : सुजाता कोइराला

अबको उपसभापति म नै हुँ : सुजाता कोइराला


नेपाली काङ्ग्रेसकी प्रभावशाली नेत्री सुजाता कोइराला पार्टीको उपसभापति बन्ने चर्चामा हुनुहुन्छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कोइराला काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा लोकप्रिय मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिने कि नलिने – अहिलेको निकास के हो – नेत्री कोइरालासँग घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानीका मुख्य अंश :
० मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि के गर्नुपर्ला –
– अहिले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको विकल्प छैन । माओवादीले अझै पनि सहमतिको पालना नगरेर हठको राजनीति गरिरहेको छ । सहमतिको वातावरण तय गर्न सबै पार्टीसित काङ्ग्रेसले पहल नगरी सुखै छैन । सहमति नभएकैले रामचन्द्र पौडेलको उम्मेदवारी कायमै छ । उहाँको उम्मेदवारी सहमतिका लागि दबाब पनि हो ।
० पौडेलको उम्मेदवारी फिर्ताका लागि माओवादीसँग काङ्ग्रेसको र्सत के हो –
– शान्ति र संविधानको सुनिश्चितताका लागि काङ्ग्रेसले आफ्नो अवधारणा र्सार्वजनिक गरिसकेको छ । विगतमा भएका दर्जनौँ सहमतिको पालना माओवादीबाट भएन । नागरिक पार्टीमा रूपान्तरण, हतियार र लडाकुसँग सम्बन्धविच्छेद, कब्जा घरजग्गा फिर्ता, वाईसीएलको अर्धसैनिक संरचना विघटन, शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने प्याकेज मुद्दामा माओवादी सहमत हुनैपर्छ ।
० मुलुकमा कामचलाउ सरकारले तीन महिना गुजारिसकेको छ । नयाँ सरकार बनाउन तपाईंको पहल के हुन्छ –
– संवाद, सहमति, सहकार्य र एकताको बाटो अपरिहार्य भइसकेको छ । अब पनि हामी सहमतिमा गएनौँ भने मुलुक ठूलो दर्ुघटनामा फस्छ । त्यसैले सबै दलहरूसँग वार्ता गरी निकास निकाल्न म पहल गर्छर्ुु
० नयाँ सरकार कहिलेसम्ममा बन्ला –
– हामी आफ्नो अडानमा कायमै छौँ । शान्ति र संविधानको सुनिश्चितता नभएसम्म सरकार बन्ने सम्भावना छैन । तर, हामी छिटोभन्दा छिटो नयाँ सरकार बन्नुपर्छ भन्ने पक्षमा छौँ ।
० गतिरोधको बाधक काङ्ग्रेस नै हो भनिन्छ नि –
– काङ्ग्रेस गतिरोधको बाधक हुनै सक्दैन । काङ्ग्रेसले समस्याको समाधानका लागि नै काम गरिरहेको छ । पौडेलको उम्मेदवारी पनि गतिरोध अन्त्यका लागि नै हो ।
० पौडेलले तत्काल उम्मेदवारी फिर्ता लिनुहुँदैन भन्ने तपाईंको मत हो –
– पौडेलले तत्काल कसरी उम्मेदवारी फिर्ता लिने – मुलुकलाई सही बाटोमा लान, शान्ति र संविधान सुनिश्चित गर्न नै उहाँको उम्मेदवारी हो । मुलुकमा सहमतिको स्पष्ट खाका नबनी उम्मेदवारी फिर्ता लिँदा फेरि पनि शून्यता छाउने अवस्था छ ।
० भनेपछि माओवादी सहमतिमा नआई नयाँ सरकार बन्दैन –
– हो, पौडेलको उम्मेदवारी राजनीतिक गत्यावरोधको निकासका लागि हो । उहाँको उम्मेदवारी माओवादीलाई प्रेसर बिल्ड अपका लागि पनि हो । उहाँको उम्मेदवारी शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि हो ।
० पौडेल प्रधानमन्त्री बन्ने सम्भावनाचाहिँ कति छ –
– किन बन्न नसक्ने – पौडेल प्रधानमन्त्री बन्ने जति पनि सम्भावना छ । मुलुकको निकासका लागि नै पार्टीले पौडेललाई उम्मेदवार उठाएको हो । मुलुकमा शान्ति र संविधानको सुनिश्चितताका लागि काङ्ग्रेसको नेतृत्व चाहिन्छ ।
० काङ्ग्रेसको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ –
– नेपाली काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ । र, यो जस्तो उत्तम र राम्रो केही पनि हुँदैन ।
० काङ्ग्रेस र माओवादीबीच एकता हुन सक्छ –
– काङ्ग्रेस र माओवादीबीच एकता हुन सक्दैन । तर, ‘गिभ एन्ड टेक’ हुन सक्छ । उसले पनि केही छाड्न सक्नुपर्छ, हामीले पनि केही छाड्न तयार हुनुपर्छ । प्रमुख पार्टीहरू नमिलीकन कुनै पनि समस्या समाधान हुँदैन । माओवादीले भाषणमात्र गरेर हुँदैन, व्यावहारिक रूपमै हामीसँग विगतमा भएका सम्झौता पालना गर्न सक्नुपर्छ ।
० काङ्ग्रेसले माओवादीलाई सँगै लिएर जान सक्छ –
– काङ्ग्रेसले माओवादीलाई मात्र होइन, एमाले, मधेसवादी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर लैजान्छ ।
० गिरिजाबाबुको सहमति, सहकार्य र एकता त काङ्ग्रेसले छाड्यो भनिन्छ नि –
– गिरिजाबाबुको सहमति, सहकार्य र एकताको एजेण्डालाई अघि बढाउन काङ्ग्रेस तयार छ । गिरिजाबाबुको एजेण्डा अघि बढाउन हामी कुनै कसर बाँकी राख्दैनौँ । गिरिजाबाबुको सहमति, सहकार्य र एकताको दृष्टिकोणबाटै मुलुकले निकास पाउँछ ।
० अब तपाईं काङ्ग्रेसको उपसभापति कि महामन्त्री –
– म काङ्ग्रेसको उपसभापति हो । मैले महामन्त्रीको उम्मेदवारी दिन लाग्दा पार्टीसभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह सबै बसेर सुशील दाइले तपाईंलाई हामी उपसभापति बनाउँछौँ, अहिले प्रकाशमानजीलाई समर्थन गरौँ भन्नुभएको हो । मैले उहाँहरूको कुरालाई सहर्ष स्वीकार गरी सुशील दाइलाई सभापति र प्रकाशमानजीलाई महामन्त्री जिताउन मैले कुनै कसर बाँकी राखिनँ । अहिले आएर त्यतिखेरको सहमतिमा तलमाथि हुनुहुँदैन ।
० रामचन्द्रजीले तपाईंलाई उपसभापति बन्न दिनुहोला त –
– म व्यक्तिका बारेमा केही बोल्दिनँ । त्यतिखेर सुशील दाइले मलाई उपसभापति बनाउँछु भन्दा पौडेलजीले सुशील कोइरालाले जे गर्नुहुन्छ, त्यो कुरालाई समर्थन गर्छुुन्नुभएको हो । अझ प्रकाशनमानजीले त म आफैं तपाईंलाई उपसभापतिमा प्रस्ताव गर्छुुन्नुभएको थियो । त्यो समझदारी तलमाथि होला जस्तो मलाई लाग्दैन ।