एनआरएनए यूकेको जिम्मेवारी फगामीको काँधमा

एनआरएनए यूकेको जिम्मेवारी फगामीको काँधमा


प्रकाश केसी

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको सन् २०१७-१९ को कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष पदमा पूर्वउपाध्यक्ष योगुकमार फगामी १२९८ मत ल्याएर निर्वाचित भएका छन् । अल्डरसटस्थित एम्पाएर हललार्इ निर्वाचन केन्द्र बनाएर हिजो शनिबार राति गरिएको मतगणनापछि बेलायतमा नेपाली राजनीतिक शैलीको चुनावले विसर्जन पाएको छ । फगामीको प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याएका थिए ।


बेलायतको अल्डरसट ह्यारो प्लमस्टिड र लेस्टरमा निर्वाचन क्षेत्र बनाएर सम्पन्न गरिएको निर्वाचनमा जम्मा ३६७६ मतदाताहरुको नामावली दर्ता गरिएका थिए जसमा अल्डरसटमा सबैभन्दा धेरै अर्थात् १७२६ जना मतादाताहरु दर्ता भएका थिए । चारवटा मतदान क्षेत्रमा गरी जम्मा २८८२ मत अर्थात् ७८ प्रतिशत मत खसेको थियो ।

बताइएअनुसार बेलायतमा लगभग डेढ लाख नेपालीहरुको बसोबास छ र लगभग सबै नै नेपाल सरकारको मान्यताअनुसार गैरआवासीय नेपाली नागरिक हुन् । उक्त डेढ लाख जनसङ्ख्या भएको बेलायतमा गैरआवासीय नेपाली संघ बेलायतमा पंजीकृत सदस्यहरुको संख्या जम्मा ३६७६ हुनु र त्यसमा पनि मतदान गर्नेहरु जम्मा २८८२ हुनुलाई सम्बद्धजनहरु निकै दुःखपूर्ण भएको बताउँछन् ।

सन् २०१३-१५ को कार्यकालताका संस्थाको सदस्य शुल्क १० पाउण्डबाट घटार्इ ५ पाउण्ड बनाउनु पर्ने भनिएको थियो तर यो पालिदेखि सोही शुल्क २५ पाउण्ड भएको थियो र यो पालि नै नेपालको राजनीतिक पार्टीहरुको भान दिने गरेर निर्वाचनतर्फ बेलायती नेपालीहरु सकृय भएका थिए भने सोही सन्दर्भमा मूल रुपमा यहाँ आफू ती राजनैतिक चालमा मोहोरा नबन्नेमा ठूलो परिमाणमा दृढता राखिएको थियो ।

यसै पक्षमा धेरैअगाडि सामाजिक संजालहरुमा लेखिएका थिए-

डेढ लाखको आधा ‘पचहत्तर हजार’, त्यसको आधा ‘छत्तीस हजार’ जति, त्यसको आधा ‘अठार हजार’ अनि त्यसको पनि आधा ‘नौ हजार’ र त्यसको आधा भनेको ‘चार हजार पाँच सय’ हुँदो रहेछ । मतलव जम्मा ‘तीन प्रतिशत’ जतिले यो कार्यकारी समितिको साधारण सदस्यता लिएका रहेछन् । त्योपालि सदस्यता शुल्क जम्मा ‘दश पाउण्ड’ थियो र अहिले त्यो शुल्क ‘पच्चीस पाउण्ड’ भएको छ । देखिएअनुसार तीन जना उमेदबारहरु ‘डेढ लाख’ बेलायतबासी नेपालीहरुको प्रतिनिधित्व गर्नको लागि यही सेप्ट्म्वर ०९ तारिख चुनावमा जाँदैछन् । ‘तीन प्रतिशत टर्नआउट’ हुने चुनावको परिणाम आफैमा ‘हास्यास्पद’ हो र ‘अमान्य’ पनि हो तर यहाँ युवाहरुले भर्खरै देशकै राष्ट्रपति वा प्रधानमन्त्रीकै चुनाव हुन थालेको जस्तो गरी ‘एनआरएनयूके’ सामूहिक ‘लाइभ डिवेट’ गराएका थिए । अझ हास्यास्पद त के थियो भने उम्मेदवारहरुबाट पनि पक्का नेताजसरी बेलायती नेपाली जनताका हितमा काम गर्ने ‘प्रतिज्ञा’ गरिएको थियो ।

बेलायतको एक लाख पचास हजार जनसंख्या भएको गैरआवासीय नेपाली संघमा ३६२५ जनाले मात्र सदस्यता लिनु भनेको संस्थाप्रति आस्था नहुनु हो । कहिल्यै सस्थामा बसेर काम नगरेका व्यक्तिहरु एकै चोटी ठुलो पद लिनका लागि आएको देखिएको छ यसले सस्था लाई फाइदा भन्दा नोक्सान बढि बनाउँछ यसको समाधान कसरी गर्ने ? सुन्नमा आएको छ जातिया तथा राजनीतिक पार्टीका उमेदवारलाई सहयोग गर्न अपिल गरिएको छ /
कहिलेसम्म यसरी सस्था चलाउने बिचारमा हुनुहुन्छ, हिजोको दिनमा बोरामा सदस्यता बोकिन्थ्यो आज अनलाईन भयो अझै सहज बनाउन तिर लाग्नुपर्ने बेलामा पुरानो जमाना तिर फर्कनु उचित थिएन म एक कार्यकाल सस्थामा बसेर आएको र पटक पटक सदस्यता र चुनावसम्बन्धी कुरा उठाउँदा कुनै ठोस जवाफ पाउन सकिएन आज £25 को साटो £10 मा गराएर हरेक क्षेत्रमा चुनाब गराएको भए सदस्यता संख्या पनि बढ्ने कोष पनि जम्मा हुने थियो हुनेखाने को सस्था त्यतिकै नभनेको रहेछ, क्षेत्रगत हिसाबले कहिल्यै पनि सस्थामा ठाउ दिएन भागबण्डाको हिसाब गरियो त्यसैको परिणाम हो सामुहिक राजिनामा अनि सामुहिक उम्मेद्वारी हामि यस्ता रबैया कहिले सम्म हेरेर बस्ने २०० संख्यामा सल्लाहकार हुनुहुन्छ, हजुरहरुको यसमा भूमिका हुँदैन हामी जवाफ चाहन्छौँ /
– राजकुमार

भोट नहाल्ने अधिकारको प्रयोग गर्ने निर्णय गरियो यसपटकलाई । – भीम

NRN का अग्रजहरुलाई यो पनि पढ्न अनुरोध गर्द्छु।

NRN भनेको कुनै राजनीतिक अस्तित्व बोकेको संस्था नहुनु पर्ने हो तर यसको वर्तमान ढाँचा हेर्दा राजनैतिक पार्टी वा क्लब जस्तो देखिन आउछ ।

ल्च्ल् बास्तबमा बिदेशिएका सबै नेपालीले कालान्तर सम्म नेपालीकै अस्तित्व बोकेर मर्न पाऊन भनेर चालिएको अभियान हो जस्को ध्यय सबैलाई समेटनु हुनु पर्ने हो तर सम्मान ,खादा र भाषण संस्कृतिले यसलाइ नराम्रो संग गाँजेको देखिंछ ।

भाषण भनेको सुचना र संचारको अभाव भएको बेला आफ्नो एजेण्डा जनता सामु सुस्पष्ट राख़्ने माध्यम थियो तर अहिलेको २१ औ शताब्दीमा सामाजिक संजाल र अरु माध्यम आइसकेको बेला पनि सामाजिक कार्यक्रमहरूमा खादा ओढेर लम्बेतान भाषण छाटनु र आफ्नो कामको बखान आफै गर्नु जग हँसाई बाहेक क़ेहि पनि होईन।

त्यसैले ,नेपालकै राजनैतिक संस्कारलाई हुबहू कपि गर्नु भन्दा वर्तमान समयको माग र भविष्यको गति हेरेर अघि बढनु पर्छ नत्र भने आऊदो १०र१५ बर्ष पछि अर्कों पुस्ता यो अभियान बाट बाहिरिइ सकेको हुनेछ त्यसैले ल्च्ल् मा लागेका अभियंताहरूले ल्च्ल् ले वर्तमान र समसामयिक मुद्दाहरुका साथ साथै भविष्यलाई समेत सम्बोधन गर्नु पर्छ।
बाँकी बहसको बिषय !!! – पवन

हामी लण्डनबासी एनआरएनहरू कति धेरै पदलोलुप भइएछ भने ६ जना उपाध्यक्ष रहेको संस्थामा एउटा उपाध्यक्ष लण्डनबाहिरबाट ग्यारेन्टी गरौँ न त भन्दा पनि कोही तयार भएन । सबै हामीलाई नै चाहिन्छ रे । तर्क भनेको हामी बन्ने भनेर यत्रो सदस्य बनायौँ, यत्रो मिहिनेत गर्यौँ । यत्रो लगानी गर्यौँ । यत्रो धेरैले फेसबुकमा उम्मेदवारी घोषणा गरिसके । अब कहाँ दिन सकिन्छ रु अहिले हामी नै बन्छौं तर अर्को पटक तपाईंहरूलाई ग्यारेन्टी गर्छौँ रे । अचम्म त के भने हामी आफै विधान मिचेर आयौँ । दुई वटा उपाध्यक्ष भनेको थियो विधानले, हामी छ जना बनेर आयौँ । एक सचिब थियो, हामी ३ जना आयौँ । अहिले ६ मध्ये एक उपाध्यक्ष लण्डनबाहिर ग्यारेन्टी गर्न विधानले रोक्छ रे ।

जम्मा ३६ सय सदस्य रहेको एनआरएन युकेमा औचित्यहीन ६ जना उपाध्यक्ष छन् । त्यो हाम्रै पदलोलुपताको परिणाम हो । मैले कम्तिमा यसपालि यस्तो नगरौँ भनेर आबाज उठाएको थिएँ । तर कस्ले सुन्थ्यो र १ आदरणीय ल्बखष्ल न्गचगलन जस्ता अग्रजहरूले यस्तो बेथिति रहिरहे सदस्यता परित्याग गर्ने सार्वजनिक गर्नुभएकै थियो । कसलाई मतलब ?!

चार वटा राज्य मिलेर बनेको युकेमा नर्दन आयरल्यान्डले एक उपाध्यक्ष दाबी गर्यो । प्रतिनिधित्व खोज्यो । यो हाम्रो गल्ती महसुस गर्ने र कोर्स करेक्शन गर्ने सुन्दर अवसर थियो । यति धेरै उपाध्यक्ष बनाउनुको थोरै भए पनि औचित्य पुष्टि हुने र लण्डनबाहिरका नेपालीको सम्मान हुने गतिलो अवसर हामीले गुमायौँ । नर्दन आयरल्यान्डका एनआरएन सदस्यहरूले सामूहिक रूपमा सदस्यता परित्याग गरे । एउटा गलत म्यासेज गयो विश्वभर । तर हाम्रो ट वटै उपाध्यक्ष हामीले नै राख्न सफल भयौँ । अब हामीले मिहिनेत गरेर बनाएको सदस्यता फिर्ता गर्नुपर्ने छैन । – नारायण


एनआरएन यूकेको सदस्यता बन्नु होस् भन्दा पहिला घुँडाबाट पसिना झर्यो आज अधिबेसन आउन साढे हप्ता दिन बाँकी हुँदा पंजीकृत सदस्यहरु भन्दा हुन नमानेकाहरु ट्याउ टयाउ गरि भ्यागुता झैँ कराएको देख्दा जे होस् एनआरएन बुझ्ने कोशिस चाँही अब थाले झैँ आभाष भई रहेको छ /
यो पनि एउटा सँस्थागत प्रजातान्त्रिक कसरत हो, समय लिएर दिनलाई आउनु होस् ! – ह्यारी

गैरआवासीय नेपाली संघको पहुँच सर्वसाधारण सम्म पुग्न नसक्नुको मुख्य कारण सदस्यता शुल्क महँगो भएको निर्क्योल छ । संघलाई सर्वसाधारण सम्म पुराउन एनआरएन यूकेको सदस्यता शुल्क ५ पाउण्डमा आजिवन सदस्य हुनु पर्ने धारणा सहित गैरआवासीय नेपाली संघको भोलि शनिवार हुने निर्वाचनमा आइसीसी सदस्यको उम्मेदवार हुनु भएको छ/ – चिरन शर्मा ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष समेत भइसक्नु भएका शर्मा बेलायत स्थित सबै नेपाली समूदायका बीच सक्रिय व्यक्तित्वका रुपमा परिचित देखिन्छन् । पत्रकारिता तथा एनआरएनमा लामो इतिहास बोकेका चिरन शर्माको सफलताको लागि शुभकामना व्यक्त गर्दै ।
हाम्रोलाई मात्र होइन् सक्षम र राम्रोलाई रोजौं । सबै उम्मेदवारलाई शुभकामना । – एभरेष्ट

सन् २०१७-१९ को कार्यकारी समितिको लागि ६ जना उपाध्यक्षहरुमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी (१०४० मत) विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भएकाछन् । सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बू, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । आर्इसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।