मतदातालाई मतदान केन्द्रसम्म यसरी पुऱ्याउँदै छ नेपाली सेना

मतदातालाई मतदान केन्द्रसम्म यसरी पुऱ्याउँदै छ नेपाली सेना


हालै आएको बाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरूको मर्मतमा नेपाली सेना लागिपरेको छ । आगामी असोज २ गते प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनको क्रममा मतदातालाई मतदान केन्द्रसम्म पूग्ने पहुँच मार्ग तथा सडक सुचारु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत कार्यलाई तीव्रता दिएको हो ।

सेनाबाट खटिएका सैनिक टोलीहरूले सप्तरी जिल्लाको राजविराजस्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतिग्रस्त सडकमा परेका ठूला–ठूला खाल्टामा माटो तथा गिट्टी भरी सवारी साधन सुचारु गराइएको जनाइएको छ । सोही जिल्लाको भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडक खण्डमा बाढीद्वारा कटान भएको सडक मर्मत कार्य गरिएकोसैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

बताइएअनुसार हनुमाननगर कंकालिनी इलाकामा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षती भएको सडकमा माटो तथा गिट्टी भरी मरामत कार्य सम्पन्न गरेको र सोही क्रममा सिराह जिल्लाको सिराह न.पा.–९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर ईलाकाको क्षतीग्रस्त सडक खण्डमा बालुवा तथा माटो भर्र्ने कार्य सम्पन्न गरी उक्त जिल्लाहरुको मतदान केन्द्रहरूसम्म आवतजावत सहज बनाउन मद्धत गरेको छ ।

यसैगरी नेपाली सेनाबाट खटिएका विभिन्न सैनिक–टोलीले बारा जल्लाको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रह्मपुरी इलाकामा क्षतीग्रस्त ३ कि.मि सडक खण्ड चालु गर्नुको साथै, पर्सा जिल्लाको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर इलाकामा बाढीले क्षती पु¥याएको कच्ची सडक मरामत गरेको छ । साथै, रौतहट जिल्लाको राजपुर न.पा. २ फतुवा महेशपुर ईलाकाको २१५ मिटर कच्ची सडक खण्डमा माटो भरेर सडक चालु गराइएको सेनाको भनाई छ । यस्तै, धनुषा जिल्लाका विभिन्न सडक पनि सेनाले सुचारु गराएको बताइएको छ ।