मेरा गीतले विकृति घटाउँछन् : प्रकाश ढकाल (गायक)

मेरा गीतले विकृति घटाउँछन् : प्रकाश ढकाल (गायक)


कमेडी तथा ‘हट्’ प्रकृतिका गीत गायनमा जम्दै गरेका प्रकाश ढकाल पछिल्लो गायन पुस्ताका आशलाग्दा प्रतिभा हुन् । शिक्षण पेशामा संलग्न रहेर पनि गायन, एलबम प्रकाशन र स्टेज कार्यक्रमहरूमा समय दिन भ्याइरहेका युवा प्रतिभा ढकालसँग गरिएको रमाइलो कुराकानी :

० तपाईं शिक्षण पेशामा पनि हुनुहुन्छ र गायनमा सक्रियता देखाइरहनुभएको छ, वास्तवमा तपाईं कलाकार कि शिक्षक ?
– म दुवै हुँ । ‘म कहिले मास्टरसा’ब कहिले कलाकार’ भन्ने गीत नै गाएको छु । अब बुझ्नुस् म के हुँ !

० हालसम्म कतिवटा गीत गाउनुभयो ?
– बजारमा ७–८ वटा एकदम चले । अरु पनि गाएको छु । थप २–३ वटा चाँडै सार्वजनिक हुने क्रममा छन् ।

० तपाईंका प्रायःजसो गीत कमेडीमै आधारित छन् नि, किन ?

– सुरुमा यस्तै गाएँ, सुन्नेले यस्तै रुचाइदिएजस्तो लाग्यो । ‘सेक्सी जवानी’ बोलको गीत अत्यन्त सुपर–डुपर हिट भएको थियो । त्यसमा धेरैले ताली र केहीले गाली पनि दिनुभयो । शुभचिन्तकहरूले ‘राम्रो छ भाइ’ भनेर तारिफ पनि गरे । अहिक ज्यादा हट खाले गीत गाउँदा ‘सुधार्नुप¥यो है !’ भनी सुझाव पनि आउँछ । किनकि, सेक्सी भन्ने शब्दको अर्थ गलत लगाउनेले अर्कै बुझ्दा रहेछन्, वास्तवमा त्यो त सौन्दर्यलाई चित्रित गर्न प्रयोग गरिएको हो ।

० आफ्नो गीत हिट नै हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ हो तपाईं ?
– एउटा कलाकारले त्यस्तो आशा गर्नु अन्यथा कुरा त होइन नि ! गीत बनाउँदा निकै खर्च लागेको हुन्छ, हिट भइदिए त्यो सजिलै उठ्छ भन्ने आशा पनि रहन्छ । जे होस्, मेरा सबैजसो गीत श्रोता–दर्शकले मन पराइदिनुभएको छ । उहाँहरू मेरा लागि भगवान हुनुहुन्छ ।

० हट गीतमार्फत तपाईंले विकृति भित्र्याउनुभएको आरोप पनि लागेको छ नि, के भन्नुहुन्छ ?
– गीत हट हुनुको मतलव विकृति भित्र्याउने खालको भयो भन्ने म मान्दिनँ । कमसेकम मेरा गीतले समाजलाई विकृत बनाउने काम गरेको छैन, बरु बिकार साफ गर्न मद्दत पु¥याएको होला । किृत गीत भए यति धेरै श्रोता तथा दर्शकको माया कसरी पाउँथेँ र ?

० गीत गाएर कमाइचाहिँ कत्तिको गर्नुभएको छ नि ?
– मेरो हकमा कमाइका हिसाबले त जिरो भने पनि हुन्छ । आजकाल सिडी, अडियो क्यासेट बिक्ने होइन । युटुबबाट कमाइ हुने हो । खर्च मात्र चलेको छ भनौँ न । जागिरबाट बाँचेको छु । स्टेज कार्यक्रमबाट पनि यदाकदा आर्जन हुन्छ ।

० बजारमा आउन लागेका गीतबारे केही बताइदिनुहस् त ?
– तीनवटा गीत आउँदैछन् । कलियुगको भाले भन्ने एउटा हो । यसमा आजकालका केटाहरू कस्ता छन्, कस्तो व्यवहार गर्छन् भन्ने चित्रित गर्न खोजिएको छ । यस्तै, श्रीमान विदेशमा र श्रीमती घरमा हुँदा बिग्रिएर घर भाँडिएको विषयमा ‘बुढी पोइल गई’ भन्ने गीत बनेको छ । यसैगरी मङ्सिर महिना आउन लागेकोले पञ्चैबाजासम्बन्धी गीत पनि तयार छ ।

० तपाईंको बिहे भयो ?
– बिहे गर्ने फुर्सद मिलेको छैन भन्नुपर्‍यो ।

० गर्लफ्रेण्ड त बनाउनुभएको होला नि ?
– सेक्सी जवानी भन्दै गीत बनाएर गाउँदै हिँड्ेनेको गर्लफ्रेण्ड त बनिहाल्छ नि, होइन र ? अहिले सार्वजनिक गर्नचाहिँ मिल्दैन र मात्रै !

– प्रस्तुति : केदार पौडेल