संशोधन प्रस्तावमा भदौ ५ गते मतदान

संशोधन प्रस्तावमा भदौ ५ गते मतदान


संशोधनद्वारा प्रस्तुत संविधान संशोधनको प्रस्तावमा भाद्र ५ गते संसदमा मतदान हुने भएको छ । तराइकेन्द्रित राजनीतिक दलहरूको माग सम्बोधन गर्न संविधानका केही प्रावधानहरूमा संशोधन गर्ने प्रयास स्वरुप सरकारले राजनीतिक दलहरूबीच सहमति बनाउने कोशिस गर्दै आएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले संशोधनमा सहमत नभएका कारण अहिलेसम्म उक्त प्रस्ताव अलपत्र परेको थियो । साउन ३२ गते संसदमा संशोधन प्रस्ताव टोबुल भएको छ । उक्त प्रस्ताव परिपक्व हुन बहत्तर घण्टा लाग्ने भएकोले भाद्र ४ गते एक बजेदेखि संसदको बैठकमा संशोधन प्रस्तावमा छलफल प्रारम्भ हुनेछ र पाँच गते मतदानका लागि प्रस्तुत गरिनेछ । त्यसनिम्ति सत्तापक्षले आफ्ना सांसदहरूलाई ह्वीप पनि जारी गरिसकेको छ ।

अहिलेसम्म संविधान संशोधन प्रस्ताव पारित हुन सक्ने स्थिति छैन । तर, प्रस्ताव पारित नभए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय निर्वाचनमा भाग लिने निश्चित भइसकेको छ ।