विधान संसोधन गर्दै सकियो अधिवेशन, सेप्टेम्बरमा चुनाव

विधान संसोधन गर्दै सकियो अधिवेशन, सेप्टेम्बरमा चुनाव


गैरआवासिय नेपाली मञ्च समन्वय परिषद, बेल्जियमको छैठौँ अधिवेशन मञ्चका अध्यक्ष गंगाधर गौतमको सभापतित्व र नेपाली राजदुतावास बेनेलक्सका कामु राजदुत सुधीर भट्टराइको प्रमुख आतिथ्यमा बेल्जियमको लुभेनमा गत आइतबार सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आइपरेको बाढीको विपत्तिप्रति दुःख प्रकट गर्दै बाढीपीडितका लागि १९ लाख नगद उठाइएको जानकारी दिइयो । यस रकमको कोषमार्फत् एक परोपकारी सामाजिक अभियानको थालनी गर्दै विपत्ति परेको बेला एकजुट भएर पीडित नेपालीको राहतको लागि थप आह्वान समेत अधिवेसनले गरेको छ ।

अधिवेशनमा आगन्तुक र अतिथिहरुलाई स्वागत गर्दै उपाध्यक्ष पदम गुरुङले विपत्तिको सामना गर्न नेपालीहरु एक ढिक्का हुनुपर्ने बताए । विपत्तिले निम्त्याएको संकटको कुरासँगै उनले यसपटक आफुलाई नेतृत्वमा जाने रहर जागेको खुलासा पनि गरे ।

शुभकामना मन्तब्य दिने क्रममा लग्जेम्बर्गका अध्यक्ष नारायण गुरुङदेखि आदिवासी महासंघका बाबुराजा महर्जन, सोहि संस्थाका पुर्वआइसीसी तथा पर्यटनदूत शिवकुमार बरुवाल, ब्यावसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, प्रवासी नेपाली समाजका अध्यक्ष तथा अनेसासका पुर्वअध्यक्ष दिपेन्द्र केसी, प्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ, संघीय समाजवादी समाजका महासचिव लोक राना, प्रवासी नेपाली मञ्चका बोधराज पौडेल, नेपालबाट आएका भुवन घिमिरे पण्डित, जन प्रगतिशील मंचका अध्यक्ष जित लामा, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा, पुर्वएनआरएनए अध्यक्ष आइसीसी सदस्य जानकी गुरुङ तथा आइसीसी सदस्य नेत्र मगरले आफ्नो समीक्षात्मक टिप्पणीसहित सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै युरोप क्षेत्रीय उपसंयोजक प्रेम गुरुङ, महिला आइसीसी उप संयोजक रजनी प्रधान समेतले आफ्ना विचार राखेका थिए । त्यस्तै अन्तिम वक्ता केन्द्रिय सचिव अर्जुनकुमार श्रेष्ठले बुद्धको उपदेशलाइ ब्यबहारमा उतार्न सहमति त्यागबाट शुरु गरौँ र सर्वस्वीकार्य नेतृत्व चयन गर्दा विश्वभर राम्रो संदेश जाने छ भन्दै यो महाविपत्तिमा सहयोग गर्न सम्पूर्ण एनआरएनएलाई आह्वान गरे ।

कार्यक्रममा महिलाहरुको नेतृत्व गर्दै महिला फोरम बेल्जियमको तर्फबाट निर्मला बजगाईले आफ्नो प्रतिवेदन पेश गरिन् भने कोषाध्यक्ष आङमाया लामाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । त्यस्तै महासचिव लोक दाहालले कार्यक्रम संचालन तथा रुलिङ गर्दै सांगाठानिक प्रतिबेदनबारे थप व्याख्या र हलको सुझाबको टिप्पणी उठाएका थिए । कार्यक्रम संचालनकै क्रममा आगामी अधिवेशनमा अध्यक्षको जिम्मेवारी आफुले लिने इच्छा उनले पनि जाहेर गरेका थिए ।

सम्मेलनको बन्दसत्रले केहि संसोधनसहित विधान पारित गर्यो भने सबै प्रतिवेदनहरु पनि हलको अनुमति लिएर परिमार्जनसहित पारित गर्यो । बन्दसत्रले पुरानो समिति विघटन गर्दै निर्वाचनआयुक्त जानकी गुरुङसहितको निर्वाचन समितिलाई चुनाव नहुन्जेल संगठनको सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको थियो ।

उक्त सत्रलाई लोकगायक थानेश्वर गौतमले सालेजो गाएर रोचक बनाएका थिए भने निहिता सापकोटाले आफ्नो क्लासिक नाच देखाएकी थिइन् । महिला अभियान्ता मुना ताम्राकार र निर्मला बजगाईंले अतिथिहरुलाई सम्मान गरेपछि राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम शुरु भएको थियो ।
स्मरण रहोस्, अधिवेशन औपचारिक रुपमा सकिए पनि आगामी सेप्टेम्बरमा हुने चुनावले मात्र कार्यसमिति चयन गर्ने छ । अभियानकर्ताहरुका अनुसार अझै सहमति हुन सक्ने सम्भावना समेत टरेको छैन भने चुनाव भएमा सुवास जोशी र लोक दाहालबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

– डिल्ली राम अम्माई, बेल्जियम