विपत्तिबाट परिजन गुमाएको परिवारलाई २ लाख राहत घोषणा

विपत्तिबाट परिजन गुमाएको परिवारलाई २ लाख राहत घोषणा


बाढी पहिरोमा परि निधन भएकाको परिबारलाई सरकारले २ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि गरेको हो । साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको बैठकपछि सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पीडितको पुनस्थापनका लागि युद्धस्तरमा काम गरिने समेत निर्णय सरकारले गरेको मन्त्री बस्नेतले बताए ।

यसैबीच, लगातारको बाढीले तराई मधेसका जिल्ला जलमग्न भए पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न भने सकेको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल भएको पनि सो बारे कुनै निर्णय हुन सकेन । प्रधानमन्त्री देउवाले अवलोकन गरेर फर्किएपछि थप अल्पकालिन र दीर्घकालीन योजना बनाउने सञ्चारमन्त्री बस्नेतले बताए ।