राजस्व विभागबाटै ६ करोड रकम गायब

राजस्व विभागबाटै ६ करोड रकम गायब


अस्थिर सरकारको मौका छोप्दै लामो समयदेखि प्रतिबन्धित कारोबारको अत्याधिकमात्रामा प्रयोग हुदै आएको ‘हुण्डी’ को व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिई काराबाहीकालागि राजस्व अनुसन्धान विभागमा पठाएको ६ करोड रुपैयाँ गायब भएको छ ।  अबैध सो कारोबारलाई सरकारले अझै सम्म नियन्त्रण गर्न नसक्दा करोडौ रुपैयाँ विदेशीएको र सूचनाका आधारमा प्रहरीले छापामारी पक्राउ गरि बुझाएको हुण्डीको रकम सहित आरोपीत व्यक्ति सहित विभागको अनुसन्धानकै क्रममा विभागकै परिसरबाट हराएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न समयमा ३२ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको थियो । तर, पक्राउ परेका हुण्डी कारोबारीलाई महाशाखाले अनुसन्धान तथा कारबाही गर्न विभागलाई जिम्मा दिएपछि सो बारे कुनै कारवाही अगाडि नबढाएकै कारण हुण्डी व्यवसायीबाटै मोटो रकम लिएर उन्मुक्ती दिएको आरोप समेत विभागलाई लागेको छ । अपराध महाशाखाले ३२ जनाभन्दा बढी हुण्डीको कारोबार गर्नेलाई पक्राउ गरि कारबाहीकालागि विभाग पठाएको थियो । तर, ती हुण्डी कारोबारीमाथि कारबाही के भयो भन्ने कुनै रेकर्ड विभागमा रहेको छैन् ।

सो हुण्डी कारोबारमा पक्राउ परेका बारे विभागमा सम्र्पक राख्दा सो बारे विभागले अनुसन्धान गरि रहेको र छिटैै निर्णयमा पुग्ने सम्बन्धित कर्मचारीले बताउदै आएका छन् ।  गएको वर्षको असोज ६ गते राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरी विभाग पठाएका हुण्डी कारोबारी न्युरोड खिचापोखरीमा रहेको मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीको साथबाट प्रहरीले १८ लाख ५० हजार ९ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

त्यस्तै नुवाकोट घरभएका नर्थ प्वाईन्ट मनि एक्चेन्जका सञ्चालक राजाराम पाण्डेको साथबाट ५९ लाख, ओम मनि एक्चेन्जका सञ्चालको साथबाट ३ लाख, राकेश बैद्यको साथबाट ३ लाख १९ हजार ६ सय ८५ रुपैया,ँ खिचापोखरीको आरबी कम्प्लेक्समा रहको निलगिरी प्रालिका सञ्चालक किरणकुमार गुरुङको साथबाट ८८ लाख ३५ हजार पाँच सय रुपैयाँ, सुन्धाराको देउराली मनि एक्चेन्जका सञ्चालक नवराज गुरुङको साथबाट ३६ लाख ५३ हजार एक सय ८५ रुपैयाँ, सुन्धाराको देउराली ट्राभल्स एण्ड टुर्स प्रालिका म्यानेजर जेवाल हकको साथबाट युएस डलर सात सय ११ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

त्यसैगरी, केशरी चन्दको साथबाट १६ लाख रुपैयाँ, नन्दु कुमार मरगको साथबाट दुई लाख ६६ हजार पाँच सय रुपैयाँ, एक तोला ४४ लाल सुन र एक सय ९४ तोला ८ लाल चाँदी, न्युरोडमा रहेको कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक रविन्द्र सुवेदी र पृथ्वीबहादुर रावतको मनि एक्सचेन्जबाट ३८ लाख ६ हजार पाँच सय रुपैयाँ सहित पक्राउ गरेर कारवाहीकालागि विभागमा बुझाएको थियो ।

त्यसैगरी, निकिदिभा ट्रेडर्सका सञ्चालक सुरेन्द्र गोयलको साथबाट ५० लाख ६५ हजार एक सय ५० रुपैयाँ र भारतीय एक लाख रुपैयाँ, भारत राजश्थान चरु घर भई काठमाडौं बसन्तपुर बस्ने सत्य प्रकाश शर्माको साथबाट १५ लाख १३ हजार पाँच सय रुपैयाँ, भारत राजस्थानका आकाश बेदको साथबाट १२ लाख ६६ हजार रुपैयाँ, उनी पनि निकिदिभा ट्रेडर्सका क्यासियरमा कार्यरतलाई समेत पक्राउ गरि विभाग बुझाईएको थियो ।

कुवँर प्रभु मनि ट्रान्सफरका सञ्चालक डिलबहादुर कुँवरको साथबाट तीन लाख ४२ हजार पाँच सय, अग्रवाल भारत राजस्थानको चुरु घर भई न्युरोडमा बस्दै एन्जल्स प्रालिका सञ्चालक शंकर लाल चनानी अग्रवालको साथबाट एक लाख ९२ हजार पाँच सय, नुवाकोटको खानिगाँउ–४ घर भई ढकाल एन्जल्स प्रालिका क्यासियर निरञ्जन ढकालको साथबाट २९ लाख ५० हजार, बर्दिया मगडागढी–९ घर भएका एन्जल्स प्रालिका क्यासियर डिल्ली बस्नेतको साथबाट एक लाख ५० हजार, तनहुँ व्यास–९ घरभई एन्जल्स प्रालिका क्यासियर अर्जुन कंडेलको साथबाट ६ लाख रुपैयाँ, गोरखा, बोर्लाङ्ग–५ घर भई टोखामा बस्दै आएको राजकुमार श्रेष्ठको साथबाट दुई लाख १२ हजार रुपैयाँ सहित पक्राउ परेका थिए ।

दोलखा, काभ्रे–५ का एन्जल्स प्रालिमा कार्यरत फुर्वा शेर्पाका साथबाट १२ लाख, भारतको राजस्थान, जयपुर घर भई पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक अरुण सावरथिया अग्रवालसमेत हुण्डीको कारोबार गदै गर्दा पक्राउ परेको थिए उनीहरुलाई थप कारवाहीकालागि विभाग बुझाएको भएपनि अहिले सम्म के कारवाही भयो त्यसको जानकारी विभागकै कर्मचारीलाई नभएको बताइका छन् ।

ओखलढुङ्ग, पोकली–४ घर भएका पूर्णलक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक उदयकुमार शर्माको साथबाट २० लाख, नुवाकोटको महाकाली–२ घर भई न्यू मारुती ईन्टरनेश्नलका क्यारियरमा कार्यरत कृष्णप्रसाद खतिवडाको साथबाट आठ लाख ८१ हजार पाँच सय, गोरखा, ताकुकोट–४ घरभई न्यू मारुती ईन्टरनेश्नलका क्यारियर समिर श्रेष्ठको साथबाट चार लाख ५४ हजार रुपैयाँ, रसुवाको सरमथली–७ घर भई बालाजु बस्दै आएका हम्स मनी ट्रान्सफरका क्यारियरमा कार्यरत नविन भट्टको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ सहित गत वैशाख २९ गते सम्ममा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले कुल १ करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ सहित राजस्व विभाग बुझाएको थियो । तर उनीहरुलाई विभिन्न बहानामा उन्मुक्ती समेत दिएको आरोप लगाईएको छ ।

पवनकुमार अग्रवाल सरावगी अनु ट्रेडिङका सञ्चालक भई हुण्डीको कारोबार गर्दै आएको अबस्थामा उनको साथबाट ६३ लाख ५० हजार रुपैयाँ, मोहनमान श्रेष्ठको बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सञ्चालक भई हुण्डी कारोबार गर्दै गर्दा उनको साथबाट १० लाख रुपैयाँ, एक लाख भारतीय रुपैयाँ र विभिन्न बैकका ४९ वटा चेकहरु बरामद गरेको थियो ।

कुमार राई बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोवार गर्न आएका थिए । उनको साथबाट १८ लाख रुपैयाँ, निर्दाेष प्रसाँई पाथिभरा ट्रेडर्सका सञ्चालक भई हुण्डी कारोबार गर्दा उनको साथबाट १९ लाख ७१ हजार पाँच सय रुपैयाँ र विभिन्न बैंकका १० वटा चेक बरामद गरिएको थियो । राजन पौडेल माई पाथिभरा ट्रेडर्समा हुण्डी कारोवार गर्न आएको अबस्थामा उनको साथबाट ३२ लाख ५० हजार रुपैयाँ, टलबहादुर तामाङ पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएकै अबस्थामा ११ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । अमित खरेलको साथबाट १२ लाख, रोहित दुलालको साथबाट प्रहरीले पाँच लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो ।

अपराध महाशाखाले हुण्डी कारोबार गरेको अबस्थामा पक्राउ गरेकाहरुसंगमात्र ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको थियो । त्यस्तै १ तोला सुन र १ सय ९५ तोला चाँदी पनि बरामद गरेको तथ्याङ्क महाशाखामा रहेको छ । हुण्डी कारोबारी गर्ने ३२ जना र पक्राउ परेका सबै सामानसहित अनुसन्धान गर्न अपराध महाशाखाले राजश्व अनुसन्धान विभागलाई जिम्मा दिएको थियो ।

यसरी प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरि प्रमाण सहित कारबाहीकालागि विभागमा बुझाएको भएपनि सो मुद्दाका बारेमा अझै केही कारबाही गरिएको छैन । अनुसन्धानकै क्रममा रहेको भन्दै सो मुद्दालाई भित्रभित्रै मिलाएर ‘हुण्डी अनुसन्धान’ को फाइललाई ‘पेन्डीङ’ मा राखिएको छ ।