पत्रकारलाई लैंगिक विभेद र भीडियोग्राफी तालिम

पत्रकारलाई लैंगिक विभेद र भीडियोग्राफी तालिम


सिन्धुपाल्चोक  जिल्लामा क्रियाशिल पत्रकारहरुको लागि क्षमता अभिवृद्धिको लागि लैगिक हिंसा विभेद र भीडियोग्राफी सम्बन्घित तालिम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले आयोजना गरेको सो कार्यक्रमलाई केयर नेपाल र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले समन्वय गरेको हो । बुधबारबाट मेलम्चीमा सुरु भएको तालिममा जिल्लाका २६ सञ्चारकर्मीहरुलाई तालिम प्रदान गरिरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष महेशकुमार श्रेष्ठले पत्रकारहरुले समाचार लेखन एवम् उत्पादन गर्दा लैगिक हिंसालाई मूख्य रुपमा उजागर गर्नु पर्ने भएको भन्दै यो तालिमले लैंगिकता बिषयको सोचाईलाई थप फराकिलो पार्ने बताए ।

प्रशिक्षक एवम् नेपाल टेलीभिजनका कार्यक्रम उत्पादन प्रमुख आरती चटौतले पुरुष प्रधान समाजमा महिला र पुरुषलाई समान रुपमा कामको वाँडफाड र श्रमको मूल्याकन बराबरी नभएसम्म हिंसा न्यूनिकरण नहुने बताइन । हाम्रा सोचाई परापूर्वक कालदेखिनै पितृसत्तात्मक रहेका बताउदै उनले भनिन् ंयी र यस्ता सोचाईलाई परिवर्तन नगरेसम्म हिंसा न्यूनिकरण हुँदैन ।’ तालिमको क्रममा पत्रकारहरुलाई भिडियोग्राफी तालिम समेत प्रदान गरिदै छ । जिल्लामा पहिलो पटक पत्रकारहरुलाई भीडियोग्राफी तालिम दिईन लागेको महसंघले जनाएको छ । पत्रकारहरुलाई थप उर्जाशिल र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महासंका सचिव दिनेश थापाले जानकारी दिए ।

तीन दिनसम्म चल्ने तालिममा समाजमा भएको लैगिक हिंसा न्यूनिकरण गर्न सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै तालिमको आयोजना गरिएको समन्वय संस्था केयर नेपालका कार्यक्रम प्रमुख जीवन केसीले बताए । सञ्चार माध्यमको क्षेत्रबाट समाजलाई परिवर्तन गर्न सकिने भन्दै उनले सञ्चारकर्मीहरुलाई यो विषयमा कलम चलाउँदा गम्भीर हुनु जरुरी रहेको समेत औैल्याए ।