‘एमालेले मधेसी र पहाडीलाई फुटाउन खोज्यो’

‘एमालेले मधेसी र पहाडीलाई फुटाउन खोज्यो’


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेबाट सतर्क हुनुपर्ने बताएका छन् । एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको भन्दै देउवाले सबै सतर्क हुनुपर्ने बताएका हुन् ।

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेस हारेको भन्दै देउवाले अब गडबडी सुधारेर पहिलो पार्टी बन्नुपर्ने बताए । उनले आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल रहेको बताए ।

दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘वर्षौंदेखि मिलेर बसेका मधेसी र पहाडेलाई राष्ट्रियताको नाममा एमालेले फुटाउन खोजेको छ । उबाट सतर्क हुनुपर्छ ।’

मधेस केन्द्रित दलको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने बताए । प्रधानमन्त्री देउवाले आसन्न भारत भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणका लागि भारतीय पक्षसँग कुरा गर्ने र कामलाई तिव्रता दिने आश्वासन समेत दिए ।