नेपालकै सर्वाधिक ठूलो भारोत्तोलन प्रतियोगिता सुरु

नेपालकै सर्वाधिक ठूलो भारोत्तोलन प्रतियोगिता सुरु


नेपाल भारोत्तोलन संघको आयोजनामा युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता 19th Youth Asian, 24th Junior Women’s, 31st Junior Men’s Asian Weightlifting Championships 2017 काठमाडौंमा आयोजना भइरहेछ । साउन ६ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्ने छ ।

उक्त प्रतियोगितामा साउथ एसिया, इस्ट एसिया, मिडल इस्ट एसिया, सेन्ट्रल एसियाबाट ३३ राष्ट्रका ५ सयजना पुरुष तथा महिला खेलाडी, प्रविधिक, अफिसियल, व्यवस्थापक, प्रशिक्षकहरुको सहभागिता रहने बताइएकोे छ ।

विश्व भारोत्तोलनको मानचित्रमा भारोत्तोलन खेलका पावर हाउस मानिने महादेश एसिया नै भएको हुनाले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन जस्ता खेलाडी उक्त प्रतियोगितामा सहभागि हुने आयोजकले जानकारी गराएको छ ।

उक्त प्रतियोगिताबाट युथ तथा जुनियरतर्फको नयाँ विश्व किर्तिमान तथा एसियन किर्तिमान कायम हुने सम्भावना पनि रहेको छ । प्रतियोगिता नेपालले आयोजना गर्न पाउनु आफैमा गौरव र प्रतिष्ठाको विषय बनेको संघका अध्यक्ष रतन टण्डनले जानकारी गराएका छन् । टण्डनले नेपाली खेलकुद इतिहासमा आधिकारिक रुपले यो नै हालसम्मको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता हो ।