राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक


सरकारले राष्ट्रिय गौरबका आयोजनलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि त्यसको तुलनामा काम भने निरासाजनक रहेको छ । विभिन्न १८ वटा राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेपनि परिचालन पक्ष भने कमजोर रहेका कारण आयोजना नै सुस्तगतिमा काम भएको छ । सरकारले अत आर्थिक बर्षमा राष्ट्रिय गौरबका कायोजनामा कुल ७२ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तर सो रकमको ५३ प्रतिशत अर्थात ३८ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरिएको कतिपय आयोजनको पूँजीगत खर्च परिचालन एकदमै न्युन रहेको मन्त्रालयको दाबी रहेको छ । विशेषगरी काठमाडौं–तराई–मधेश द्रुतमार्गको कुल बजेटको ११ प्रतिशत बजेटमात्र परिचालन भएको छ, भने पोखरा क्षेत्रिय विमानस्थलको २० प्रतिशत रकम खर्च भएको छ ।

लामो समयदेखि प्रतिक्षामा रहेको भेरी–बबई डाइभर्सन बुहउद्देश्यि आयोजनाको ३८ प्रतिशत रकम मात्र परिचालन भएको छ । राष्ट्रिय गौरबका आयोजनाको अधिकांशको पूँजीगत खर्च परिचालन ५० देखि ६० प्रतिशतको हाराहारीमा रहेको छ । तर, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र लुम्बिनी विकास कोषको भने शतप्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, बुढीगण्डकी जलविद्युत आयोजना, पुष्पलाल राजमार्ग, बबई सिचाई आयोजना तथा रानीजमरा सिचाईको पूँजीगत खर्च परिचालनमा केही प्रगती अर्थमन्त्रालयले देखाएको छ । गत आर्थिक बर्षमा बजेट चाँडै आएपनि कार्यान्वयनको शुरुवात ढिलो भएको तथा कतिपय ठुला विकास परियोजनाहरुको कार्यन्वयन को विधि समयमा निर्धारण हुन नसक्दा पूँजीगत खर्च हुन नसकेको सम्बद्ध मन्त्रालयलहरुले जानकारी दिएका छन् । विशेषगरी त्यस्तो समस्या द्रुतमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना, दोस्रो अन्तरराष्ट्रिय विमानस्थलजस्ता आयोजनामा देखिएको छ ।