चेम्बरद्वारा कर फिर्ता लिन माग

चेम्बरद्वारा कर फिर्ता लिन माग


काठमाडौं महानगरपालिकाले हालै गरेको कर बृद्धिको नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको । महानगरको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४/०७५ को निमित स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न अत्यधिक कर बृद्धि प्रति चेम्वरको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरेको छ ।

प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले आफनो कार्यक्षेत्रभित्र परिचालन गर्न राजश्वका श्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजश्व परामर्श समितिमा चेम्बरलगायत निजी क्षेत्रका प्रतिनिधि समेत सम्मिलित गरी बजेट तर्जुमा गर्नुपर्ने नीतिगत व्यवस्था हुँंदाहुँंदै महानगरपालिकाले एकलौटी र अप्रत्याशित रुपमा कर बृद्धि गरेकोमा घोर भत्सर्ना गर्दै अबिलम्व फिर्ता लिन जोडदार माग गरेको छ । महानगरपालिकाले हालै व्यवस्था गरेको व्यवसाय करबृद्धिबाट काठमाडौंमा मूल्यबृद्धि हुन गई जनतासमेत महँंगीमा पर्ने देखिएकाले उपरोक्त व्यवस्थामा अविलम्व संशोधन हुनुपर्ने स्पष्ट गर्द