श्री एयरलाइन्सको फाइल अख्तियारको नियन्त्रणमा

श्री एयरलाइन्सको फाइल अख्तियारको नियन्त्रणमा


श्री एयरलाइन्सको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनसुसन्धान सुरु गरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन महिनादेखि विमान उडान अनुमतिपत्र (एओसी) रोकेको राखेको थियो । श्री एयरलाइन्सको अनुमति नदिएको बारेमा अख्तियारमा उजुरी परेपछि फाइल लगिएको आयोगले जनाएको छ । अख्तियारमा उजुरी परेको भन्दै सबै फाइल पठाउन अख्तियारले क्यानलाई निर्देशन दिएको थियो ।

अख्तियारले फाइल फिर्ता नगरेसम्म निर्णय गर्न नमिल्ने क्यानले जनाएको छ । अख्तियारले फाइल नलगेको भए केही दिनभित्रै उडान अनुमति दिइने तयारी भएको क्यानले उल्लेख गरेको थियो । यो कम्पनीले क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेको सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त जहाज नेपाल ल्याइसकेको छ।कम्पनीले पहिलो जहाज चैत ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको थियो भने अरु दुई जहाज पनि केही दिनपछि आइसकेको छ ।

तीन महिनादेखि जहाज उडाउन नपाएपछि दुई सय कर्मचारी कामविहिन बनेका छन् । ती कर्मचारीका लागि कम्पनीले मासिक अढाई करोड रुपैयाँ तलबका लागि दिनुपर्ने पर्छ । पाइलट लगायतका क्याबिन क्रुको तलब महँगो हुने भएकोले ठूलो ब्ययभारमा यो कम्पनीको दाबी रहेको छ ।

श्री एयरलाइन्सका संचालक सुधीर मित्तल रहेका छन् । विश्व बैंकअन्तगर्तको अन्तर्रा्ष्ट्रिय वित्त निगमका विभिन्न सय देशमा काम गरेर स्वदेशमै व्यापार गर्न फर्किएर सो एयरलाइन्स सञ्चालन गर्न लागेका हुन । स्वर्गिय वनवारीलाल मित्तलका छोरा सुधीरले ठूलो लगानी गरेर फिक्स विङग (जहाज)को व्यवसाय सुरु गर्न लागेका हुन । अहिले यो एयरलाइन्सको ८ वटा हेलिकोप्टर रहेको छ । युरोपेली युनियनले नेपालको हवाई उड्ययन क्षेत्रलाई कालोसूचीमा राखेपछि हेलिकोप्टरले समेत खासै काम पाएको छैन ।