सिर्द्धार्थ गौतमले मलाई धोखा दिए : यशोधरा

सिर्द्धार्थ गौतमले मलाई धोखा दिए : यशोधरा


स्वप्निल-संवाद
भगवान् गौतम बुद्धको देशगत उपस्थिति नभएको करिब तीन हजार वर्ष बित्न लागेको भए पनि दिव्य मार्गदर्शनका कारण मानव समाजबाट उहाँ कहिल्यै ओझेल पर्नुभएन । बुद्धका शाश्वत विचार-वाणी यति सजीव प्रतीत हुन्छन् कि उहाँ यतै कतै हाम्रै वरिपरि घुमिरहनुभएको महसुस हामीलाई भइरहेको छ । यर्सथमा गौतम बुद्ध जीवित हुनुहुन्छ र सायद सृष्टि रहेसम्म अब उहाँको अवशान हुनेछैन । यसरी सृष्टिमा आफ्नो त्याग, तपस्या, र्समर्पण, दया, क्षमता र करुणाका कारण अमर बन्नुभएका सिर्द्धार्थ गौतमकी धर्मपत्नी यशोधराबारे भने मानव मौनता कायम छ । सबै गौतम बुद्धका पछि लाग्दा यशोधरा बुद्धको पछि लाग्न पनि सक्नुभएन र कसैबाट सहानुभूति या प्रशंसा आर्जन गर्न पनि उहाँ असमर्थ रहनुभयो ।हामी कल्पनाको संसारमा सिर्द्धार्थपत्नी यशोधरासँग साक्षात्कार गर्न पुग्यौँ । विचार विज्ञानका माध्यमबाट संसार विजयी बन्नुभएका बुद्धकी पत्नीसँगको स्वप्नभेटमा हाम्रा केही जिज्ञासाहरूको जवाफ जुन उहाँले दिनुभयो, पाठकहरूको जानकारीका निम्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
० आराम हुनुहुन्छ –
– आफैंलाई बिर्सर्ेे हुँदा कस्तो अवस्थामा छु भन्ने थाहै पाउन सकेकी छैन ।
० तपाईंका पति सिर्द्धार्थ गौतमले महान् तपस्या गरेर ज्ञान आर्जन गर्नुभई संसार प्रसिद्ध हुनुभएको छ, के यही खुसीमा तपाईं भिमल हुनुभएको हो –
– होइन, यसमा म कसरी खुसी हुन सक्छु र – मैले राजकुमार सिर्द्धार्थसँग विवाह गरेकी थिएँ, कुनै योगीसँग होइन । मैले अति सुन्दर, सम्पन्न र शान्त पारिवारिक जीवनको कल्पना गर्दै सिर्द्धार्थसँग विवाह गरेकी हुँ । उहाँ आफ्ना कर्मले संसारप्रसिद्ध हुनुभएको छ, सायद यो उहाँको निम्ति ठूलो सफलता पनि होला, म उहाँको अशुभ चिताउँदिनँ । संसारले मानेका छन् भने मैले मँन्नु या नमान्नुको खासै अर्थ रहलाजस्तो पनि मलाई लाग्दैन । तर, सिर्द्धार्थले हामीलाई धोका दिनुभएको छ, संसारलाई उज्यालो बाटो देखाउँछु भन्दै मेरो व्यक्तिगत जीवन अन्धकारमय तुल्याउनुभएको छ ।
० कसरी धोखा भयो भन्न सक्नुहुन्छ तपार्इं –
– म यो देशको महारानी बन्न चाहन्थेँ, मेरा ससुरा शुद्धोधनले मेरा पिताजीसँग विवाहको कुरा चलाउँदा मलाई महान् जोगीकी पत्नी बनाउँला भनेका थिएनन् । राजकुमार सिर्द्धार्थ राजा हुने निश्चित थियो र त्यसपछि महारानी पनि । तर, उहाँले धोका दिनुभयो । विवाहपछि कहिलेकाहीँ राजकुमार वैराग्यका कुरा गर्थे, म त्यसलाई सामान्य रूपमा लिन्थेँ । मानिसको मन हो- कहिलेकाहीँ बहकिन्छ, बिथोलिन्छ र फेरि आफैं सम्हालिन्छ भन्ने मेरो विश्वास थियो । अलिक बढी नै वैराग्यका कुरा गरेका बेला म उहाँलाई सम्झउँथेँ । मेरो साथमा उहाँ प्रायः खुसी नै महसुस गर्नुहुन्थ्यो । छोरा राहुल जन्मेका दिन पनि सिर्द्धार्थ निकै खुसी हुनुभएको थियो । त्यस दिन खुसीले मेरा हात र माथमा उहाँले गर्नुभएको चुम्बन म कहिल्यै बिर्सन सक्दिनँ । यो -कपिलवस्तु) देशका लागि एउटा अर्को नयाँ राजा पैदा गर्न सकेकोमा म हर्षले आल्हादित भएकी थिएँ । तर, एक रात सिर्द्धार्थले अचानक हामीलाई छोडेर जानुभयो । अचानक म एक्ली भएँ, हामी बेसहारा भयौँ । यसलाई धोखा नभनेर माया या विश्वास भन्न नसकिने गरी म विचलित भएकी छु ।
० त्यस रात जुन तपाईंहरूको प्रणय जीवनको अन्तिम रात-साँझ थियो, राजकुमारले तपाईंसँग कुनै भिन्न व्यवहार या वचनको प्रयोग गर्नुभएको थियो – अर्थात् ँत्यो’ अन्तिम रातलाई सम्झँदा तपार्इं कस्तो महसुस गर्नुहुन्छ ।
– साँझमा र रातमा उहाँको व्यवहार सामान्य देखिएको थियो । दिनमा भने उहाँलाई मैले अलिक गम्भीर मुद्रामा पाएकी थिएँ । राहुललाई काखमा राखिदिएर मैले उहाँलाई भुलाउने कोसिस पनि गरेकी थिएँ । बेला-बेलामा के भइरहेको छ आज राजकुमारलाई भनेर मैले सोधनी पनि राखेकी हुँ, उहाँले केही भएको छैन, सबै ठीक छ भनेर जवाफ दिनुभएको थियो । सदाझैं हामी आफ्नो खोपीमा सुत्न गयौँ । शयनकक्षको कुनापटि्ट एउटा ओछ्यानमा हामी -राहुल र म) सुतेका थियौँ, राजकुमार बार्दलीपटि्टको पलङमा हुनुहुन्थ्यो । राति मेरो माथमा कसैले अचानक चुमेजस्तो लाग्यो, म भर्खर निदाउन लागेकी रहिछु, झसङ्ग भएँ र आँखा खोलेँ, सिर्द्धार्थ ठिङ्ग उभिनुभएको थियो, भन्नुभयो- ‘यशु, मलाई माफ गर’, त्यसपछि उहाँले राहुललाई चुम्नुभयो र पुनः आफ्नो ओछ्यानमा गएर सुत्नुभयो । मैले उहाँलाई निदाउन आग्रह गरेँ, ‘हुन्छ तिमी पनि सुत’ उहाँले भन्नुभयो । त्यसपछि हामी सुत्यौँ, म त तुरुन्तै निदाएँ पनि । बिहानी हुन केही समय बाँकी रहँदा राहुल रोयो, उसले कपडामा फोहोर गरेको रहेछ, मैले कपडा बदलिदिएँ र सुताएँ । त्यसपछि सिर्द्धार्थको पलङतिर आँखा लगाएँ । लमतन्न सिकर थुप्रिरहेको थियो । म उहाँको पलङमै गएर सिरक पन्छाएँ, बार्दलीको ढोका खुलै थियो, म बार्दलीमा पुगेँ, त्यहाँ सिर्द्धार्थलाई भेटिनँ । शयनकक्षको ढोकामा लगाइएको चुकुल यथावत् थियो । त्यसपछि राजकुमार बार्दलीपटि्टबाट नै बाहिरिनुभएको विश्वास मैले गरेँ । जे-जे गरे पनि यसरी बार्दलीपटि्टबाट नै बाहिरिने कामचाहिँ राजकुमारबाट कहिल्यै भएको थिएन । मैले पल्लो कोठामा सुतेका धाई तथा सुसारेहरूलाई बोलाएँ, त्यसपछि महाराजाधिराज सरकारमा सिर्द्धार्थ भाग्नुभएको खबर पुर्‍याएँ । बिहान उज्यालो नहुँदै पटाङ्गिनीमा सबै जम्मा भइसकेका थियौँ । महाराजले सेनापतिलाई राजकुमारको पत्ता लगाई तुरुन्त दरबारमा फर्काउन आदेश दिनुभयो । सेना, प्रहरी र गुप्तचरका मानिसहरू उहाँको खोजीमा तुरुन्त निस्किए । तर, कसैको केही लागेन । उहाँ बेपत्ता हुनुभयो । मेरो सपना-विपना चकनाचुर पारेर हराउनुभयो, हामीलाई बेसहारा बनाएर, एक्ल्याएर उहाँले धेरै ठूलो धोका दिनुभयो । आखिर यसरी भाग्नु थियो, हामीलाई परित्याग गर्नु थियो भने मसँग विवाह किन गर्नुपरेको थियो – बच्चा किन जन्माउनुपरेको थियो – सिर्द्धार्थ बेइमान र धोखेबाज हुनुहुँदोरहेछ, म उहाँलाई कहिल्यै माफ गर्न सक्दिनँ ।
० आज उहाँका कारण संसारमा करोडौं मानिसले बाटो पाएका छन्, उज्यालो पाएका छन्, संसारको पथपदर्शक बन्नुभएको छ सिर्द्धार्थ, यसमा त तपाईं पनि खुसी र गौरवान्वित हुनुपर्ने होइन र –
-सिर्द्धार्थभन्दा अघि पनि सन्न्यासको मार्ग पैदा भएको थियो, मानिसहरू मुक्तिको खोजीमा छँदै थिए । उहाँका कारण कसैलाई ज्ञान मिलेको छ, मुक्तिमार्ग प्राप्त भएको छ भने त्यसमा मलाई भन्नु केही पनि छैन । तर म, मेरो यो पुत्र राहुल र कपिलवस्तु राज्यमाथि त धेरै ठूलो धोखा भयो नि † हामीप्रतिको कर्तव्य त सिर्द्धार्थले पूरा गर्नुभएन नि † यो धोखाधडी हामी कसरी भुल्न सक्छौँ । उहाँ कर्तव्यच्युत हुनुभएकै हो । यो यथार्थलाई मैले नचाहेर पनि स्वीकार गर्नु परिरहेको छ ।
० बुद्धले जुन ज्ञान आर्जन गर्नुभएको छ, त्यो तपाईंका लागि पनि हो, त्यसलाई अपनाउने अधिकार तपाईंलाई पनि छ, होइन र –
-संसारमा अनेकौं ज्ञानी, तपस्वी, साधु, सन्त र बुद्धको उदय भएको छ र हरेकले सहज जीवन तथा मुक्तिमार्ग पहिचान गरी मानिसालई ज्ञान दिएका छन् । सिर्द्धार्थले पनि मुक्तिको एउटा अवधारणा प्रस्तुत गर्नुभएको छ । जो मानिस जीवनमा वैराग्य या मुक्ति चाहन्छन्, तिनका लागि सिर्द्धार्थको विचारर्-दर्शन उपयोगी पनि होला । तर, मेरो दायित्व मानिसमा वैराग्य पैदा गराउनु होइन । जीवनका वास्तविक चुनौतीहरूसँग भागेर या पन्छिएर होइन सामना गरेर अघि बढ्नुपर्छ भन्ने मेरो मूल्य-मान्यता हो । मेरो यस्तो मान्यतामा राजकुमार सिर्द्धार्थ गौतमको साथ र सहयोग थियो, त्यस निम्ति म उहाँका प्रति आभारी पनि छु । तर, गौतम बुद्ध मेरो जीवनयात्राका सहयोगी हुन सक्नुहुन्न, मैले जीवनको वास्तविकताबाट भाग्ने निर्णय लिएको अवस्थामा या मुक्तिको प्यास मभित्र पलाएको स्थितिमा गौतम बुद्धप्रति मेरो आस्था र सम्मान जागृत हुनसक्ला/होइन भने मेरा प्रिय राजकुमार सिर्द्धार्थबाहेक अरू कुनै गौतम बुद्धप्रति सकारात्मक हुन सक्दिनँ, तपाईंहरूको गौतमबुद्ध बनेपछि मेरो राजकुमार सिर्द्धार्थको अवसान भइसकेको ठानेकी छु मैले ।
– यादव शर्मा