नागपञ्ची मानिदिँदा के बिग्रन्छ ?

नागपञ्ची मानिदिँदा के बिग्रन्छ ?


नागपञ्चमीको तिथिलाई हामी हिन्दूहरूले एक बेग्लै महत्त्वको दिनका रूपमा मानिआएको परम्परा सदियौं लामो छ । तर, यस संस्कारलाई अवैज्ञानिक भनी विरोध गर्ने र नमान्नेहरू पनि समाजमा भेटिन्छन् । यसरी नागपञ्चमीप्रति अनास्था दर्शाउनेहरूलाई केही बुझाद्दउनु आवश्यक छ भन्ने पङ्क्तिकार लागेको छ । र्सपको विषको उचित प्रयोग गरे, त्यो मानिसका लागि महाऔषधि भई जीवन दान मिल्ने हुन्छ भने र्सपले टोक्दा मानिस मर्छ ।
यो वैज्ञानिक तथ्य हो । त्यसैले विकास र विनासका बीचको शक्ति सन्तुलन कायम गर्न गरुढले र्सपको पुच्छर दुइ खुट्टाले च्यापी दुइ र्सपको टाउको एकैचोटि चपाएको चित्र भेटिन्छ । वायुमण्डलमा भएको सम्पूर्ण विष तत्त्वलाई पानी गर्ने शक्ति भएको र्सपबाट नकारात्मक परिणाम सिर्जना हुन्छ त्यसलाई नियन्त्रण गर्न गरुढको सृष्टि गरिएको छ ।
विश्वमा ऊर्जा शक्तिको प्रयोगको उद्देश्य कसरी सन्तुलिन हुनुपर्छ भन्ने कुरा हामीलाई प्रकृतिको सृष्टिको परम्परा नाग पूजा र गरुढको प्रसङ्गबाट प्रस्ट हुन्छ । सदा स्मरणका लागि नाग र गरुढको चित्र मन्दिरको ढोकामाथि र नेपाल राष्ट्र बैंकको नोटमा छापिएको कलात्मक फोटोबाट देखाइएको छ ।
तर्सथ साउन शुल्क पञ्चमीमा पर्ने तिथिलाई नागपञ्चमी भनी त्यस दिन नागलाई देवता मानी घर-घर नागको चित्र टाँसी पूजा गरिनुलाई अन्यथा मानेर विरोध गर्नुपर्ने त देखिन्न ।
– दामोदर पौड्याल, झम्सिखेल-२, ललितपुर

राजबहादुर हाम्रो पार्टीमा छैनन्
केही दिनअघि कुनै राजबहादुर सिंह नामक व्यक्ति एउटा राजनीतिक दलमा प्रवेश गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक भयो । राजनीतिक दल र राजनीतिप्रति जनताको संवैधानिक स्वतन्त्रता रहेको हाम्रो देशमा यो कुनै नौलो घटना होइन । तर, केही मिडियाहरूमा निज सिंह नेपाल जनता पार्टीमा प्रवेश गरेको भनी समाचार प्रकाशित भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । वास्तवमा हाम्रो पार्टीमा उक्त नाम गरेका कुनै व्यक्ति हालसाल प्रवेश नगरेको स्पष्ट पार्न चाहन्छौँ । सञ्चारमाध्यमहरूले जनमानसमा भ्रम नपर्ने गरी वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनुहुन हाम्रो आग्रह र अनुरोध छ ।
– उद्धवकुमार घिमिरे, महामन्त्री, नेपाल जनता पार्टी